Comments Add Comment

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन-धेरै षडयन्त्र हुँदैछ,जोगिएर हिँड्नू

२१ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन दिएका हुन् ।

वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएपछि ओली गम्भिर देखिएको एक मन्त्रीले बताए । यसरी हचुवाका भरमा उपसमितिले अध्यन गर्ने अनुमान आफूले नगरेको प्रधानमन्त्रीको आशय थियो ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने-अहिले हाम्रोविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको छ । कुनै गल्ती नै नगरे पनि कहाँबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् । कुनै पनि बेला फसाउन सक्छन् त्यसैले बोल्दा, निर्णय गर्दा वा हरक कदम चाल्दा होस् गर्नुस् । केही गल्ती नगरे पनि मान्छेहरु सिध्याउन लागेका छन् ।

वाइडबडी प्रकरणमा मन्त्री रविन्द्र अधिकारी र प्रेमकुमार राईलगायत कतिपय निर्दोष व्यक्तिलाई नियतवश फसाउन खोजिएको प्रधामन्त्रीको संकेत थियो । उनले बोलीमा ढंग नपुग्दा पनि समस्या हुने गरेको भन्दै मन्त्रीहरुलाई कम बोल्नसमेत सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment