Comments Add Comment

सुस्मिता स्कुल जान थालिन्

२१ पुस, काठमाडौं । एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी सुस्मिता दास अहिले स्कुल जान थालेकी छिन् । तीन महिना पहिला अस्पतालबाट फर्केकी सुस्मिता पूर्ण रुपमा निको भैसकेकी छिन् ।

चन्द्रनिगाहपुर-६, रौटहटकी सम्झना दासलाई गत २६ भदौमा राति सुतिरहेका बेला छिमेकी रामबाबु पासवानले एसिड हानेका थिए । सम्झनासँगै सुतेकी बहिनी सुस्मिता पनि एसिड लागेर घाइते भएकी थिइन् । १८ वर्षीया सम्झनाले बारम्बारको प्रेम प्रस्ताव अस्वीकार गरेपछि ५० वषर्ीय बामबाबुले एसिड छ्यापेका थिए ।

सम्झना र सुस्मितालाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंमा ल्याइएको थियो । तर, ७ असोजमा सम्झनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

एसिड अक्रमणमा परेकी सुस्मिताले घाँटी र शरीरको दाहिने भाग एसिडले डढेको बताइन् । उनी अहिले पनि नियमित व्यायाममा भने जानुपर्छ ।
‘अब घर जादिनँ, सुकेधारामा आफन्तसँग बस्दै आएकी छु’, सुस्मिताले अनलाइनखबरसँग भनिन्, ‘श्री बाल उद्धार माध्यमिक विद्यालयमा पढ्न जान थालेकी छु ।’

१४ वर्षकी सुस्मिता कक्षा ६ मा पढ्दै छिन् ।

उनकी आमा माया लामा रोजागारीका लागि मलेसियामा छिन् । सुस्मिताका लागि उनैले खर्च पठाउँछिन् । अर्को बिहे गरेका बाबु जादोलालले पनि बेलाबेला खर्च दिने सुस्मिता बताउँछिन् ।

सुस्मिताको परिवारलाई सरकारले राहतस्वरुप पाँच लाख रुपैयाँ प्रदान गरेको थियो ।

पीडक रामबहादुर अहिले थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment