Comments Add Comment

फोरमले प्रधानमन्त्रीलाई सम्झायो संविधान संशोधन गर्ने बाचा

२१ पुस, काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरमले उपयुक्त समयमा संविधान संशोधन गर्ने बाचा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएको छ ।

राष्ट्रिय जनता पार्टीले संविधान संशोधनका लागि दबाव दिइरहेका बेला सत्तारुढ फोरमले पनि यही मुद्दा उठाएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित फोरमका नेताहरुले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर संसदको जारी हिउँदे अधिवेशनबाट संविधान संशोधन गर्न माग गरेका छन् ।

भेटमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु उपस्थित थिए ।

फोरमका नेताहरुले ११ बुँदे मागसहित स्मरण पत्र समेत बुझाएका छन् । ‘सरकारलाई सहयोग गर्न संयुक्त कार्यदल बनाउनुपर्‍यो । संविधान संशोधनको गृहकार्य थाल्नुपर्‍यो भनेका छौं’ सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ।

आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा संविधान संशोधन गर्नुपर्ने फोरमको माग छ । उपयुक्त समयमा संविधान संशोधन गर्ने सहमति गर्दै फोरम सरकारमा गएको थियो तर, उसले अहिलेसम्म यसबारे केही भनेको थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताएका छन् ।

फोरमले प्रदेश सरकार सबल बनाउनुपर्ने, कणर्ाली र प्रदेश २ को विकासका लागि स्पेशल प्याकेज बनाउनुपर्ने, मधेस तथा थरुहट आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनुपर्ने माग पनि अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment