Comments Add Comment

चिकित्सकीय सेवामा फर्कने पूर्वराष्ट्रपति यादवको संकेत

२१ पुस, काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा र्फकने संकेत गरेका छन् ।

बीपी स्मृति सामुदायिक अस्पतालको ११ औं बार्षिक साधारणसभामा सहभागी यादवले चिकित्सकीय सेवामा र्फकने संकेत गरेका हुन् । सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने सोच बनाएको उनले बताए ।

आफू पहिलो राष्ट्रपति भएको नाताले सिस्टम बसाउने जिम्मेवारी पनि आफ्नो भएको भन्दै उनले आफ्नै नेताको नाममा खुलेको बीपी स्मृति सामुदायिक अस्पतालमा आउन नसक्ने संकेत गरे । ‘आफ्नै नेताको नामको हस्पिटलमा गएर बस्ने कि टिचिङ वा वीर हस्पिटलमा गएर बस्ने ? अलअल अलमल छ’ उनले भने ।

राष्ट्रपति हुँदा सरकारी अस्पतालमा नै उपचार गरेको स्मरण गरे ।

राजनीतिमा आउनु अघि यादव वीपी कोइरालाको निजी चिकित्सक पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment