Comments Add Comment

प्रधानसेनापतिले सुधार्लान् त भारतसँग सम्बन्ध ?

२१ पुस, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा पुस २७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाँदैछन् । थापा त्यस्तो बेलामा भारत जान लागेका छन्, जुन समयमा नेपाल र भारतवीचको ‘सैनिक कूटनीति’ चिसिएको छ ।

नेपाल र भारतवीचको सैनिक कूटनीति नेपाली सेनाका कारणले चिसिएको होइन । नेपालको राजनीतिक नेतृत्वले बुद्धिमत्तापूर्ण काम नगर्दा ‘सैनिक कूटनीति’मा त्यसको असर परेको हो ।

काठमाडौंमा सम्पन्न बिमस्टेक बैठकका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमस्टेक राष्ट्रहरुको सैनिक अभ्यास हुन लागेको घोषणा गरेका थिए । सो सैनिक अभ्यासमा नेपालले समेत सहभागिता जनाउने सहमति नेपाल सरकारले दिएको थियो ।

तर, यहीवीचमा सैनिक अभ्यास हुनै लागेका बेलामा आएर नेपाल सरकारले नेपाली सेनालाई त्यसमा सहभागी नहुन निर्देशन दियो । सरकारको यो निर्देशनपछि मोदी सरकार असन्तुष्ट बन्यो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले न्युयोर्कमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यो असन्तुष्टिबारे जनाउ दिएको सूत्रहरु बताउँछन् ।

नेपालले बिमस्टेक राष्ट्रहरुको सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गर्नु सही थियो कि गलत ? यसबारेमा चासो राख्दा नेपाली सेनाका उच्च अधिकारीहरुको जवाफ मध्यमार्गी खालको छ । सेनाका एक उच्च अधिकारी भन्छन्- ‘सेनाले सरकारको निर्देशन मान्ने भएकाले सरकारले जा भन्दा हामी जान्छौं र नजा भन्दा जाँदैनौं, बिमस्टेकको सैन्य अभ्यासमा नजाने निर्णय नेपाली सेनाको नभएर सरकारको राजनीतिक निर्णय हो ।’

तर, सैनिक अभ्यासमा भाग नलिने भए सुरुमै भारतलाई जनाउ दिनुपर्ने सैनिक अधिकारीहरुको तर्क छ । ‘पहिले भाग लिने वचन दिएर पछि नजाने निर्णय गर्नु अपरिपक्वता देखियो,’ सैनिक स्रोत भन्छ,’यसमा राजनीतिक नेतृत्वले परिपक्वता देखाउन सक्नुपपथ्र्यो ।’

ती सैनिक अधिकारीका अनुसार बिमस्टेक राष्ट्रको सैन्य अभ्यास त्यस्तो कुनै जटिल रणनीतिक विषय थिएन । नेपाली सेनाले चीन अमेरिका लगायतका सेनासँग मिलेर विभिन्न अभ्यासहरु गर्दै आएको हुनाले भारतसँग गर्नै हुँदैन भन्ने थिएन । तर, रक्षामन्त्री र प्रधानमन्त्री कार्यालयले यसमा परिपक्वता देखाउन नसक्दा नेपाल र भारतको सैनिक कूटनीतिमा चिसोपन देखिएको हो ।

नेपाल र भारतवीच राजनीतिक एवं आर्थिक सम्बन्धहरुमा विभिन्न उतारचढाव देखा पर्दै आएता पनि नेपाली सेना र भारतीय सेनावीचको सम्बन्ध अहिलेसम्म सुमधुर नै रहँदै आएको छ । तर, बिमस्टेक राष्ट्रको सैन्य अभ्यास बहिस्कारले सैनिक कूटनीतिमा पनि असर पारेको सुरक्षा मामिलाका जानकारहरुको विश्लेषण छ ।

अब हुने प्रधानसेनापतिको भारत भ्रमणले चिसिन खोजेको ‘सैनिक कूटनीति’ मा न्यानोपन आउने जंगीअड्डाका अधिकारीहरुको दाबी छ ।

प्रधानसेनापति थापा भारतीय स्थल सेनाध्यक्ष विपीन रावतको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् । भ्रमणमा क्रममा प्रधानसेनापति थापालाई विगतको परम्पराअनुरुप भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणमा क्रममा थापाले भारतीय वायु सेना र जलसेनाका प्रमुखहरुसँग पनि भेट गर्नेछन् ।

पुस २७ गते भारत जान लागेका प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कने कार्यसूची छ ।

‘सैन्य अभ्यास’ ले बिगारेको राजनीति

केपी ओली नेतृत्वको सरकारले छिमेकीसँगको सम्बन्ध राम्रो रहेको दाब गिरिरहेको छ । दुई देशका प्रधानमन्त्रीहरुको भ्रमण आदान प्रदानले दुई देशको सम्बन्ध राम्रो बनेको दाबी सरकारले गर्दै आएको छ ।

तर, बिमस्टेक राष्ट्रहरुको सैनिक अभ्यासमा नेपाल सहभागी नभएपछि यसको असर सैन्य कूटनीतिमा मात्रै नपरेर राजनीतिक सम्बन्धमा समेत असर परेको विश्लेषण परराष्ट्र मामिलाका जानकारहरुले गर्न थालेका छन् । यस तर्कका पछाडि दुईवटा दृष्टान्त दिन थालिएको छ ।

भारतले नेपाललाई उपलब्ध गराउन लागेको हवाई रुट नदिने निर्णय गरिनु र राजदूतका लागि सिफरिस गरिएका निलाम्बर आचार्यको एगि्रमो अहिलेसम्म नआउनुले नेपाल भारत सम्बन्धको दाररलाई स्पष्ट पार्ने विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment