Comments Add Comment

मन्त्री पण्डितलाई उपसचिव सञ्जेलको पत्रः श्रम सचिवलाई कारबाही होस्

२१ पुस, विराटनगर । उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् ।

उनले आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सतिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि बोधार्थ दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै व्यवसायिक सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पुस ५ गते सञ्जेलको सरुवा गरेको थियो ।

निवेदनमा निजामती सेवा ऐन २०४९ विपरित आफ्नो सरुवा भएको भन्दै सञ्जेलले यथास्थानमा काम गर्न पाउनुपर्ने माग गरेका छन् । ६ वटा कारणले आफ्नो सरुवा कानुन सम्बत नभएकाले बदर गर्नुपर्ने उनको तर्क छ ।

मन्त्रीस्तरको निर्णय सरकारले बदर गर्ने आशासहित मन्त्री पण्डितलाई निवेदन लेखेको सञ्जलले बताएका छन् । सञ्जेलले हुलाक मार्फतपत्र पठाएको जानकारी दिए । सरकारले सरुवा बदर नगरे अदालत जाने उनले बताए ।

श्रम कार्यालयमा आएपछि सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन गर्नर्ुका साथै भ्रष्टाचार विरोधी गतिविधी गरेकै कारण आफ्नो सरुवा भएको सञ्जेलको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment