Comments Add Comment

जगदीश घिमिरे स्मृति पुरस्कार रोचकलाई

रामेछाप । यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । साहित्यकार एवं वरिष्ठ समाजसेवी जददीश घिमिरेको स्मृतिमा स्थापना भएको ५० हजार रुपैयाँ राशिको पुरस्कार शनिबार मन्थलीमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।

मन्थली नगरपालिका प्रमुख रमेशकुममार बस्नेत तथा प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले संयुक्त रुपमा नगद तथा सम्मानपत्र प्रदान गरे । सम्मानित घिमिरेले जगदीशको सम्झनामा स्थापना गरिएको पुस्कार पाउँदा आफूलाई गर्व महसुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment