Comments Add Comment

खाना खाने समयमा नगरौं यस्तो गल्ती

स्वस्थ शरीर नै स्वस्थ जीवनको पहिलो आधार हो । शरीरलाई स्वस्थ राख्न सन्तुलित आहार जति आवश्यक छ, नियमित व्यायाम पनि उत्तिकै जरुरी छ ।

साथमा, खानापानको शैली र जीवन जिउने विधी पनि शरीरलाई स्वस्थ राख्न निकै जरुरी छ । किनकी यी नै यस्ता कुरा हुन् जसले शरीरलाई स्वस्थ एवं निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

र, शरीरलाई स्वस्थ एवं निरोगी बनाउन के खाने र कसो खाने भन्दा पनि कसरी खाने भन्ने कुरामा केन्दि्रत गर्न जरुरी छ ।  साथै, दिउँसो र रातमा खाना खाएपछि गरिने खानपान सम्बन्धि गल्तीहरुलाई लिएर पनि पाठ सिक्न जरुरी छ ।

अन्यथा, यस्ता गल्तीका कारण भविष्यमा स्वास्थ्य सम्बन्धि निकै ठूलो समस्या उत्पन्न हुनसक्छ ।

-खाना खाने वित्तिकै गरिने  पहिलो गल्ती भनेको पानीको सेवन हो । किनकी खाना खाने वित्तिकै  पिउनु हुँदैन भन्ने त हामीमध्ये धेरैले सुनेका छौ । तर व्यवहारमा भने खासै उतारेका छैनौ । जबकी खाना खाने वित्तिकै पानीको सेवन गर्दा पाचन तन्त्र विगि्रएर कब्जियतको समस्या निम्तिन सक्छ ।  त्यसैले, पानी पिउनै परेमा मनतातो पानीको सेवन गर्नु पर्छ । मनतातो पानीले पाचन तन्त्र बलियो बनाउनुका साथै प्रभावकारी बनाउन मद्दत गर्छ । यसको ठिक विपरीत चिसो पानी तथा आईसकि्रमको सेवनले पेटको अग्नीलाई समाप्त गर्छ । जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ ।

-खाना खाने वित्तिकै चिया वा कफी पनि पिउनु हुँदैन । खाना खाएको केही क्षण पछि नै  ।

चिया वा कफी सेवन गर्नाले शरीरले आहारमा रहेको आयरनलाई अवशोषित गर्न सक्दैन । साथै, प्रोटिन पनि पचाउन सक्दैन । त्यसैले, यस्ता बानी भएमा तुरुन्तै छोड्नु उपर्युक्त हुन्छ ।

-दिउँसो खाने वित्तिकै छिटो छिटो हिड्नु वा अन्य गतिविधि गर्नु पनि शरीरको लागि घातक हुनसक्दछ ।

-खाना खाएको केही घण्टासम्म फलफूल, जुस वा अन्य खाद्य पदार्थको सेवन गर्नु हुँदैन । किनकी यसले पाचन प्रकि्रयामा बाधा उत्पन्न गरी पेट सम्बन्धि समस्या निम्त्याउन सक्छ । त्यसैले, खाना खानु आधा वा एक घण्टा अघि मात्र फलफूलको सेवन गर्नुपर्छ ।

-खाना खाने वित्तिकै सुत्नु पनि उचित हुँदैन । साथै, धुमपान पनि गर्नु हँुदैन । यसले पाचन तन्त्र र शरीरलाई हानी गर्न सक्छ ।

-त्यस्तै, खानालाई सधै चपाएर नै खानुपर्छ । किनकी यसले प्रत्यक्ष रुपमै स्वास्थ्यमा असर पार्ने गर्छ । आयुर्वेदमा उल्लेख भए अनुसार खाना चपाउँदा मुखमा जतिवटा दाँत रहेका छन्, त्यति नै पटक चपाउनु पर्छ । र, ध्रै भन्दा धेरै चपाउनु पर्छ ।

-रातीको खानालाई लिएर पनि सर्तक रहनु पर्छ । किनकी धेरैजसो समस्या पेटबाट नै सुरु हुने गर्छ । विशेषगरी, रातमा ढिलो खाना खाएमा शरीरले त्यसलाई राम्ररी पचाउन सक्दैन जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या पैदा हुने गर्छ । त्यसैले, रातमा खाना खाँदा सुत्नु भन्दा कम्तीमा दुई घण्टा अघि नै खानाको सेवन गर्नुपर्छ । र, हल्का खाना खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment