Comments Add Comment

किन लाग्छ नुनको तलतल ?

नुन विनाको तरकारी कस्तो होला ? नुन विनाको अचार कस्तो होला ? नुन विनाको दाल कस्तो होला ? अर्थात नुनरहित खाना कस्तो होला ?

निसन्देह, खल्लो । वेस्वादको ।

नुन विनाको खाना हामी खान सक्दैनौ । नुनले खानाको स्वाद बढाउनुका साथै खानालाई स्वादिष्ट बनाउन मद्दत गर्छ ।  यद्यपी,  एक दिनमात्र नुन नखाँदा पनि हामीलाई के नखाएको के नखाएको जस्तो हुने गर्छ । आखिर किन, हामीलाई यत्ति धेरै नुनको तलतल लाग्ने गर्छ ? नुन खानकै लागि हामीलाई यत्ति धेरै बेचैनी हुन्छ ? यस्ता अनेकौ प्रश्न छन्, जसको उत्तर हामीमध्य धेरैलाई थाहा नहुन सक्छ ।

चिकित्सकहरुका अनुसार नुन यस्तो तत्व हो, जुन शरीरलाई सकि्रय राख्न आवश्यक छ । यसले रगत सफा गर्न तथा जिवाणुलाई मारेर शरीरलाई रोगबाट बचाउन समेत सहायता प्रदान गर्छ । त्यसैले सिमित मात्रामा नुनको सेवन गर्नु राम्रो पनि हो । तर आवश्यकता भन्दा बढी मात्रामा नुनको सेवनले भने  शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले दिनमा दुई हजार तीन सय मिलीग्राम भन्दा बढी नुनको सेवन गर्नु हुँदैन ।

अर्थात , एक वयष्क व्यक्तिले अधिक भन्दा अधिक पाँच ग्राम नुनको मात्र सेवन गर्नु पर्छ ।

अमेरिकन हार्ट एशोसिएसनले भने एउटा वयस्क मानिसलाई दिनमा दुई चम्चा नुनको सेवन गर्न सुझाव दिएको छ । त्यस्तै, उच्च रक्तचाप भएका व्यक्तिलाई भने आधा चम्चा नुन खान सिफारिस गरेको छ ।

जबकी नेपालमा भने नुनको सेवन विपरीत तरीकाले हुने गरेको छ । जसमा एउटा नेपालीले मात्र  दैनिक एघार ग्राम सम्म नुन खाने गरेको विभिन्न अनुसन्धानहरुले फेला पारेको छ भने करिब ५/७ वर्ष अघि सम्पन्न भएको एक अध्ययनले समेत नेपालीहरु दोब्बर नुन सेवन गर्छन् भन्ने समेत प्रमाणित गरिसकेको छ ।

यसका बाबजुद पनि हामीलाई यत्ति धेरै नुनको तलतल लाग्नुको पछाडी के कारण हुनसक्छ ?

अत्याधिक व्यायाम वा परिश्रम ?

पसिनाको साथ हाम्रो शरीरबाट सोडियम पनि बाहिर निस्कने गर्छ । जसका कारण शरीरमा सिरमको स्तरलाई सन्तुलित बनाउन पनि हामीलाई अत्याधिक मात्रामा नुनको आवश्यकता पर्छ । र, अत्याधिक व्यायाम, लामो दुरी दौडनु, वा बढी मिहेनत गरेपश्चात्त शरीरमा इलेक्ट्रोसाइट्स -पोटासियम र सोडियम)को असन्तुलन कायम भई हामीलाई नुनको तलतल लाग्ने गर्छ ।

यस्तो परिस्थितिमा कागती पानी, जीरा पानी लगायतका पेय पदार्थको सेवन गर्न सकिन्छ ।

डिहाईड्रेसन ?

अत्याधिक पसिना आउनु, उल्टी हुनु, पखाला लगायतका कारण पनि डिहाईड्रेसनको समस्या हुने गर्छ  । र, डिहाईड्रेसनका साथ शरीरबाट पानीको साथमा सोडियम पनि निस्कने गर्छ । र, यो अवस्था शरीरलाई सकि्रय राख्न पनि नुनको तलतल लाग्छ सक्छ ।

गर्भावस्था ?

गर्भावस्थाका क्रममा पनि कयौ महिलालाई नुनको तलतल लाग्न सक्छ । विशेषगरी, गर्भावस्थामा हुने मर्निङ्ग सिकनेस र चक्करका कारण यस्तो हुने गर्छ । तयसबाहेक, महिनावारी हुनु अघि वा पीएमएस -पि्र मेन्सुरेशन सिन्ड्रोम)मा पनि नुनको तलतल लाग्न सक्छ ।

तनाव ?

अफिसमा जब धेरै काम हुन्छ वा तनाव हुन्छ, तब हामीमध्य धेरैजसो व्यक्ति अक्सर चिप्स, प|mेञ्ज प|mाइज, लगायतका नुनिलो खानेकुराको प्याकेट रित्याउनतिर लाग्छौ । जुन कि सामान्य हो । किनकी अत्याधिक तनाव वा दवाव भएमा मानिसहरुलाई नुनको तलतल लाग्ने गर्छ ।

निद्राको कमी  ?

अत्याधिक नुन सेवन गर्नुमा निद्राको कमी पनि एउटा मुख्य कारण हुने गर्छ । सन् २०१३ मा सम्पन्न एक अध्ययनका अनुसार निद्राको कमी भएमा मानिसहरु नुनै नुनले भरिएको विभिन्न किसिमको जंकफुड खान रुचाउँछ । जबकी एउटा वयष्क मानिसलाई रातमा कम्तीमापनि सात देखि नौ घण्टा गहिरो निद्रा अवश्य चाहिन्छ ।

खुशी महसुस हुन्छ, त्यसैले ?

नुनले खुशी प्रदान गर्ने मस्तिष्कको एउटा भागलाई सकि्रय गराउँछ र डोपामाइन नामक हर्मोन अत्याधिक मात्रामा स्राव गर्नमा मद्दत गर्छ , जसले गर्दा नुन खान पाउँदा मात्र पनि मानिसले खुशी महसुस गर्छ ।

अत्याधिक नुन खाने बानी ?

कयौ पटक जब हामी लामो समयसम्म नुनको सेवन गर्छौ, वा शरीरलाई अत्याधिक नुन लिने बानी पर्न थाल्छ, तब खानामा नुनको मात्रा सामान्य हुँदा समेत हामीलाई चित्त बुझ्दैन र हामी जर्बजस्ती बढी नुन खान थाल्छौ ।

रोग पनि हुनसक्छ एउटा कारण ?

केही स्वास्थ्य सम्बन्धि समस्या यस्ता हुन्छन्, जसको कारण हामीलाई नुनको तलतल धेरै हुने गर्छ ।

उदाहरणको लागि एडिशन रोग ।  एड्रेसन इंनसफिशियन्सी पनि भन्ने गरिन्छ । एडि्रनल हर्मोनले हाम्रो शरीरमा नुन र पानीको उचित मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ र, शरीरमा यसको कमी भएमा डिशन नामक रोग लाग्ने गर्छ । जसको कारण शरीरले पर्याप्त मात्रामा हर्मोनको उत्पादन गर्न सक्दैन । जसले गर्दा शरीरमा हर्मोनको कमीका कारण थकान, मांसपेशी तथा जोर्नीको दुखाई, कपाल झर्ने समस्या, शरीरमा चिनीको कमी, हाईपर पिगमेन्टेशन इत्यादीको समस्या हुने गर्छ ।

यी समस्याबाट बच्ने उपाय ?

नुनमा सोडियम र क्लोराईड हुन्छ । नुनमा रहेको सोडियमले हृदयलाई खराब बनाउन सक्छ । आवश्यकता भन्दा बढी नुनको सेवन गर्नाले मधुमेह, मिर्गौला सम्बन्धि समस्या, उच्च रक्तचाप, तथा मुटु सम्बन्धि समस्या निम्तिने गर्छ । र, यस्ता समस्याबाट बच्नका लागि पनि नुनको अत्याधिक सेवनबाट बच्नुपर्छ ।

बरु यसको सट्टा हरियो सागसब्जी , गाँजर लगायतका खानेकुरा खानुपर्छ । यस्ता खानेकुरामा सोडियम प्राकृतिक रुपमा रहेको हुन्छ, जसले शरीरलाई खासै हानी गर्दैन ।

त्यसबाहेक, खानामा नुनको सट्टा विभिन्न किसिमका जडिबुटी तथा मरमसलाको प्रयोग गर्न सकिन्छ । सेतो नुनको सट्टा कालो नुन प्रयोग गर्नुपर्छ । खानामा माथिबाट नुन हाल्नबाट सकेसम्म बच्नुपर्छ । नुन विनाकै सलादको सेवन गर्ने बानी बसाल्नु पर्छ ।

सुरु सुरुमा यी सबै काम गर्न कठिन भएपनि विस्तारै विस्तारै यो नै तपाईको दैनिकी बन्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment