Comments Add Comment

शरीरमा कसरी क्यान्सर लाग्छ ?

शरीरमा चाहिने भन्दा बढी मासु पलाएमा क्यान्सर हुनसक्छ । क्यान्सर जुनसुकै कारणले पनि हुनसक्छ । कतिसम्म भने धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ । तथापी, केही यस्ता कुराहरु छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मानिन्छ ।

अक्सिजन

क्यान्सर विभिन्न कारणले हुन्छ, जसका कारण शरीरमा क्यान्सर हुनसक्छ । जस्तै कि अक्सिजन । अक्सिजनको अभावमा हामी जिवित रहन सक्दैनौ । तर शरीरमा प|mी रेडिकल्सको रुपमा रहेको अक्सिजन पनि क्यान्सरको प्रमुख कारक हुनसक्छ ।

उमेर

धेरैजसो मानिसमा ६५ वर्षको उमेर पछि क्यान्सर हुने गर्छ । यसको कारण के हो भने जति जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति त्यति शरीरको स्वस्थ कोशिकाको पुन निर्माण हुने प्रकि्रया नष्ट हुनथाल्छ । जसले गर्दा शरीरमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

शारीरिक गतिविधिको कमी

अवस्थ खानपान, व्यायामको कमी तथा अनियन्त्रित तौका कारण पनि मानिसहरु विभिन्न किसिमका क्यान्सरको जोखिममा रहने गर्छन् ।

अणुवंशिक कारण

परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिबाट जन्मने बच्चालाई पनि क्यान्सर हुने सम्भावना उच्च हुन्छ । विशेषगरी, स्तन क्यान्सर, मेलानोमा, अण्डासयको क्यान्सर, प्रोस्टेट तथा आन्द्राको क्यान्सर पनि एक पिढीबाट अर्कोमा सजिलै सर्न सक्छ । यसको मतलव यो पनि हैन की यदी माता पितामध्य कसैलाई क्यान्सर लागेको छ भने तपाईलाई पनि क्यान्सर हुन्छ ।

हर्मोन

कयौ पटक कुनै हर्मोनको असन्तुलन भएमा पनि क्यान्सर हुने गर्छ । विभिन्न शोधहरुले जनाए अनुसार आजकल महिलाहरु विभिन्न किसिमका हर्मोन थेरापीका क्रममा एस्ट्रोजेन नामक हर्मोन लिने गर्छन् जसले गर्दा उनीहरुमा क्यान्सरको जोखिम उच्च हुन्छ गर्छ । त्यस्तै, गर्भनिरोधक चक्कीको सेवन गर्नेहरुमा पनि क्यान्सरको जोखिम उच्च हुने विभिन्न अध्ययन अनुसन्धानहरुले जनाएको छ ।

सुर्तीजन्य पदार्थ

क्यान्सरका कारण मृत्यु हुनेमध्ये धुमपान तेस्रो नम्बरमा रहेको छ । धुमपान बाहेक सुर्तीजन्य पर्दाथलाई  अन्य तरीकाले प्रयोग गर्नु पनि मुखको क्यान्सर सबैभन्दा ठूलो कारण मानिन्छ ।

विकिरण

जमीन तथा वातावरणमा रहेको कस्मिक किरण विकिरणले प्रमुख कारक मानिन्छ । रेडन ग्यास, रेडिएटिभ स्राव, एक्स रे परमाणु हतियारबाट निस्कने गर्छ । यस्ता विकिरणले कोशिकालाई हानी पुर्‍याउने गर्छ । र, क्यान्सरको जोखिम निम्त्याउँछ । न्युक्लियर पावर प्लाट वरिपरि वस्ने तथा त्यसमा काम गर्ने मानिसलाई पनि यस प्रकारको विकिरणले हानी गर्न सक्छ ।

प्रदुषण

प्रदुषण पनि क्यान्सरको मुख्य कारण हो ।  वायु प्रदुषणका कारण हामी प्रत्येक दिन कयौ तत्वको सम्पर्कमा आउने गछौ, जसले फोक्सोको क्यान्सरको समस्या निम्त्याउने गर्छ ।

मदिरा

मदिरा आफैमा क्यान्सरको एउटा ठूलो कारक हो । मदिराको साथमा धुमपानको सेवन गर्नेहरुमा क्यान्सरका साथै अन्य रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । मदिराकै कारण मुख, घाँटी, अन्ननली, भोकल कर्ड, कलेजो तथा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।

भाइरस तथा व्याक्टेरिया

विभिन्न प्रकारका भाइरस तथा व्याक्टेरियाले पनि क्यान्सरको जोखिम उच्च पार्छ । जसमा ह्युम पापिलोमा भाइरस, एचआईभी तथा अन्य भाइरस तथा केही अन्य व्याक्टेरिया पर्दछन् ।

औषधी

क्यान्सरको उपचारमा प्रयोग गरिने किमोथेरापीको प्रयोगले पनि क्यान्सर हुने खतरा उच्च हुन्छ । त्यस्तै, शरीरको प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधीहरुको प्रयोगले पनि क्यान्सरको जोखिम बढाउने गर्छ । यस्ता औषधीको प्रयोग लिम्फोमा (ग्रन्थीको क्यान्सर) हुने सम्भावना उच्च हुन्छ  ।

आहार

विभिन्न शोधहरुले जनाए अनुसार रेडमिड, प्रोसेस्ड मिट, नुन हालेर राखिएको मासु अत्याधिक सेवन गर्नेहरुमा पेट, आन्द्रा, पाठेघर ता प्रोस्टेट क्यान्सरको जोखिम उच्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment