Comments Add Comment

म्यान्चेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

२२ पुस, काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलमा रिडिङ क्लबलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा युनाइटेडले रिडिङलाई २–० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा हुवान माटा र रोमेलु लुकाकुले गोल गरे ।

माटाले खेलको २२ औं मिनेटमा नैै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीबाट गोल गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको युनाइटेडले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेको थियो । यसपटक भने लुकाकुले गोल गर्दै युनाइटेडलाई २–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दोब्बर अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा भने गोल गर्न सकेन । सुरुवाती समयदेखि नै दबाबमा खेलेको रिडिङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment