Comments Add Comment

जब सडकमा डलरका नोटहरु उड्न थाले…

केही दिनअघि अमेरिकाको न्यू जर्सीस्थित एक हाइवेमा अनौठो दृश्य देखा पर्यो । इस्ट रुथरफोर्डस्थित हाइवेमा घटना भएको हो ।

त्यहाँको सडकमा डलरका नोटहरु उड्न थाले । जब यत्रतत्र नोटहरु उडेको देखियो तब मानिसहरु डलर समात्न तछाड मछाड गरे । मानिसहरुबीच डलर समात्न भागदौड मच्चियो ।

सोही कारण हाइवेमा दुईवटा दुर्घटना पनि भए । यातायात पनि अवरुद्ध भयो । त्यसको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

पुलिस अधिकारीहरुका अनुसार ब्रिंक कपनीको एक ट्रकमा ५ लाख डलरका नोट थिए । अचानक ट्रकको एकतर्फको ढोका खुल्यो र त्यसबाट आधा भन्दा धेरै नोट झरे र तीव्र हावाका कारण हावामा उड्न थाले ।

एक्कासि डलरका नोट हावामा उडिरहेको देखेपछि मानिसहरु डलर समात्न दौडिए । हाइवे के बीचमा गाडी पार्क गरेरै मानिसहरु हावामा उडेका नोट लुट्नका लागि तछाडमछाड गर्न थाले । मानिसहरु यसरी लुटिरहेका थिए कि धेरैजसो त पागल झैँ देखिन्थे । अरु त अरु पुलिसहरु पनि त्यो लुटपाटमा संलग्न भएको बताइएको छ ।

त्यसरी पोखिएका मध्ये १० हजार डलर रकम कम्पनीले फिर्ता पायो । तर अझै पनि धेरै रकम फिर्ता हुन बाँकी रहेको छ । पुलिसले बाँकी रकम लुटेका मानिसहरुबाट फिर्ता गराउने प्रयत्न गरिरहेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment