Comments Add Comment

क्रिकेट विवादः मुद्दा फिर्ताका लागि निर्वाचित क्यानको निवेदन

२२ पुस, काठमाडौं । नेपाल क्रिकेट संघको निर्वाचित कमिटीले मुद्दा फिर्ताका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ समिति बनाएपछि निर्वाचित क्यान सर्वोच्च गएको थियो । सर्वोच्चले तदर्थ समितिलाई काम नगर्न अन्तरिम आदेश दिएपनि मुद्दाको अन्तिम फैसला भएको छैन ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट संघलाई निलम्बन गरेर सल्लाहकार समूहमार्फत विधान संशोधन गराइसकेको छ । अब क्रिकेट संघको विवाद समाधान उन्मुख भएकाले मुद्दा फिर्ता लिइएको महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

शुक्रबार नै मुद्दा फिर्ताको निवेदन दिएको भन्दै उनले भने, ‘अरु प्रक्रियाको टाइमलाइन अब आउँछ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment