Comments Add Comment

कोटेश्वर-कलंकीको ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकियो

२२ पुस, ललितपुर । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ ।

चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ ।

अहिलेसम्म झण्डै पाँच किलोमिटर काम सकिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी वर्ष बाँकी पाँच किलोमिटर सक्ने योजना छ । चक्रपथको भित्रपट्टी र बाहिरपट्टी गरेर दुवैतर्फको काम भइरहेको छ ।

यो सडकमा मुख्य लेन, सहायक लेन र ‘सर्भिस ट्र्याक’ गरेर तीन प्रकारका लेन छन् । मुख्य र सहायक लेन चार÷चार र ‘सर्भिस ट्र्याक’ दुवैतर्फ एक/एक गरेर जम्मा दुई लेनको रहेको छ ।

आठ लेन सडक निर्माणको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहले लिएको थियो । बाहिरपट्टिका दुई लेन सडक विभागले निर्माण गरिरहेको छ । सर्भिस ट्र्याकबाट नै चालक चक्रपथमा प्रवेश गर्न पाउँछन् । उनले भने, ‘सर्भिस ट्र्याकबाट निश्चित चोकमा पुगेपछि मात्रै चालक सहायक र मुख्य लेनमा छिर्न पाउँछन् ।’

अहिले आठ लेनको सडक भए पनि यी दुई लेनसहित सडक १० लेनको हुनेछ । सडकको निर्माण सकेसम्म चाँडो सक्ने योजना रहेको इञ्जिनीयर शर्माले बताए । उनले भने, ‘वार्षिक जति बजेट छुट्टिन्छ, त्यसैका आधारमा काम हुनेछ ।’

गत मङ्सिर मसान्तमा चिनियाँ निर्माण कम्पनीले आठ लेन सडक निर्माण सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment