Comments Add Comment

२५ बर्षदेखि फरार अभियुक्त पक्राउ

२२ पुस, वीरगञ्ज । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई २५ बर्षदेखि फरार रहेका एक अभियुक्त पर्सामा पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका १२ घर भएका ५५ वर्षका अनुमुद्दिन अन्सारीलाई पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै अन्सारीविरुद्ध २०५० जेठ ५ गते ४ वर्ष ११ महिना १० दिन कैद फैसला गरेको थियो । घटनापछि नै फरार रहेका अन्सारीलाई दुई दिनअघि वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको थियो ।

अन्सारीलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment