Comments Add Comment

वाइडबडी घोटाला लुकाउन सरकारले ढाकछोप आयोग बनायो : रामचन्द्र पौडेल

२२ पुस, नवलपरासी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न लागि परेको बताएका छन् ।

वाइड बडी विमान खरिदमा भएको घोटालाबारे संसदीय उपसमितिले प्रतिवेदन दिएपछि सरकारले छानबिन आयोग बनाउनु ठीक नभएको उनले बताए । पौडेलले भने ‘यो छानबिन समिति होइन, कुनै आयोग होइन, यो त ढाकछोप आयोग हो ।’

उनले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए ।

आइतबार नवलपरासीको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले सरकार भ्रष्टचारी नै भ्रष्टचारीको सरकार भएको आरोप लगाए ।

नेता पौडेलले एजेण्डाको विषयमा कुरा मिलेमा सभापति शेरबहादुर देउवासँग एकता हुन सक्ने बताए । ‘के मा एकता हो त्यो प्रष्ट हुन पर्यो, एकताको एजेण्डा प्रष्ट हुन पर्‍यो जबरजस्ती हात उठाउन लगाउँदैमा सँगै हात समातेर फोटो खिच्दैमा पार्टी एकता हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले एकता गर्ने जिम्मा पार्टी सभापति देउवाको हातमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment