Comments Add Comment

७ वर्षीयालाई यौन दुब्यवहारको आरोपमा वृद्ध पक्राउ

२२ पुस, जनकपुरधाम । धनुषामा एक सात वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनुषा हंसपुर नगरपालिका ८ का ५३ बर्षीय कल्याणकुमार कार्कीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

घटनालगत्तै फरार भएका कार्कीलाई गणेशमान चारनाथ नगरपालिका पोर्ताहाबाट प्रहरीले पक्राउ गरेको हो । बालिकासँग अप्राकृतिक मैथुन गराउने प्रयास र जवरजस्ती करणीको उद्योगमा कार्कीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उनले बताए ।

पुस २० गते कार्कीले विद्यालयमा पढ्न गएको बेला सात वर्षीय बालिकालाई ललाई फकाई यौन दुव्र्यवहार गर्न खोजेका थिए । बालिकाले अभिभावकलाई भनेपछि प्रहरीमा उजुरी दिएको आधारमा कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment