Comments Add Comment

सातै प्रदेशमा नार्कको केन्द्र विस्तार गर्ने सरकारको योजना

२२ पुस, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले सातै प्रदेशमा नार्कका केन्द्र विस्तार गर्ने बताएका छन् ।

त्यसपछि प्रदेशमा हाल रहेका सबै कृषि फार्मलाई उक्त केन्द्रसँगै जोड्ने योजना रहेको उनले बताए । प्रदेशमा स्थापना गरिने नार्कका कार्यालयले केन्द्रमा विवरण दिन थालेपछि कृषि अनुसन्धानको क्षेत्र सुधारिने उनले विश्वास व्यक्त गरे ।

नेपाल कृषि अनुसन्धान केन्द्र पाखि्रवास, धनकुटामा भएको कार्यक्रममा कृषिमन्त्री खनालले प्रदेशमा नार्कका केन्द्र स्थापनाका लागि स्थान पहिचान गर्ने काम भइरहेको जानकारी दिए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कमाण्ड सिस्टम नै फेरेर अनुसन्धानको दायरा बढाउनुपर्ने उनको भनाइ छ ।
‘अनुसन्धान नै नभएको होइन तर, अहिलेको अनुसन्धान उपलब्धिमुलक भएन’, उनले भने ।

उनले मानित विश्व विद्यालय बनाउनेबारे भारतसँग पनि कुरा भइरहेको भन्दै उनले भने, ‘लुम्ले, पाखि्रबास वा खुमलटारमा राख्न सकिन्छ भनेर सोचिरहेका छौं ।’

नार्क दिर्घकालिन सोचका साथ अध्ययन अनुसन्धानमा जुट्नु पर्ने भएपनि त्यसो हुन नसकेको पाखि्रबास कृषि अनुसन्धान केन्द्रका प्रमुख अमर बहादुर पुनले बताए ।

‘वाहृय देशमा १०औं वर्ष पछाडिको सोचेर काम गर्छन् तर, हामी १० दिनको पनि सोच्न सक्दैनौं, दिर्घकालिन योजनाका साथ काम गर्न आवश्यक छ’, उनले भने ।

२०२८ सालमा बेलायत सरकारले निर्माण गरिदिएको उक्त केन्द्रसँग १० पहाडी जिल्ला जोडिएका छन् । केन्द्रको क्षेत्रफर ९२ हेक्टर छ । तर, जनशक्ति र वैज्ञानिक अभावले काम गर्न अफ्ठ्यारो परेको केन्द्र प्रमुख पुन बताउँछन् ।

८७ जनाको दरवन्दी रहेपनि हाल उक्त केन्द्रमा जम्मा ४० जना कार्यरत छन् । एक साता देखि १५० दिनसम्म दिने भनिएको युवा लक्षित तालिम नार्क बाहेक अरुबाट सम्भव नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment