Comments Add Comment

३० कटेपछि किन बढाउने क्याल्सियमको मात्रा ?

उमेर बढ्दै जाँदा शरिरको डइजेशन कमजोर हुन थाल्छ । ३० वर्ष पार गरिसकेपछि शरीरले राम्रोसँग डाइटमा भएका सबै क्याल्शियमलाई ग्रहण गर्न सक्दैन । जसले गर्दा शरीरमा क्याल्शीयमको कमीको हुने खतरा अत्यधिक रुपमा बढेर जाने गर्छ । त्यसैले, ३० वर्षको उमेरमा चल्दै गर्दा आफ्नो खानाबाट क्याल्शियमको कमीलाई पुरा गर्नुपर्छ । त्यसका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्न सकिन्छ-

तिल

दैनिक दुई चम्चा भुटेको तिल खान सक्नुहुन्छ । जसबाट शरीरले प्रयाप्त मात्रामा क्याल्शियम प्राप्त गर्छ । स्वादअनुसार तिलको चक्की या लड्डु बनाएर पनि खान सक्नुहुन्छ ।

कागती पानी

साँझको समय दैनिक रुपमा एक गिला कागति पानी पिउँदा स्वास्थ्यले निकै लाभ उठाउन सक्छ । कागति पानीबाट भिटामिन-सी पाइन्छ । जसले क्याल्शियम शेषण गर्दामा मदत गर्छ । त्यस्तै, दैनिक एक अमिलो फल खादा पनि स्वास्थ्यमा फाइदा पुग्छ ।

जीराको पानी

दुई गिलास पानीमा एक सानो चम्मचा जिरा भिजा राखेर रातभर छोडिदिनुहोस् । र, विहान त्यसलाई उमाल्नुहोस् । तयसपछि छानेर पिउन सक्नुहुन्छ । यसो गर्दा शरिरले प्रयाप्त मात्रामा क्याल्शियम प्राप्त गर्न सक्छ ।

विहानको घाम

विहान आठ बजेभन्दा अघिको घाममा दैनिक १० मिनेटसम्म बस्दा पनि स्वास्थ्यलाई कैयौँ फाइदा पुग्छ । यसो गर्दा शरिरमा भिटामिन डीको मात्रा बढेर जान्छ । जसको कारण शरिरको सहजै  क्याल्शीयम ग्रहण गर्ने क्षमता बढेर जाने गर्छ ।

हरियो तरकारी

ब्रोकाउली, सिमी, काँक्रा जस्ता हरियो तरकारीको पनि नियमित सेवन गर्न आवश्यक हुन्छ । यस्ता तरकारीमा म्याग्नशियमको मात्रा बढी हुन्छ । यस्ता तरकारीले पनि शरिरको क्याल्शियम ग्रहण गर्ने क्षमतालाई बढाएर लैजान्छ ।

शोयाविन

हप्तामा एक पटक सोयाविनको तकारी खान सक्नुहुन्छ । वा खानामा सोयाविनको मात्रालाई बढाउन पनि सक्नुहुन्छ । जसले स्वास्थ्यमा प्रयाप्त क्याल्शियम प्रदान गर्छ ।

अन्जिर र बदाम

रातभरी अन्जिर र ४/५ वटा बदाम भिजाएर राख्नुहोस् । र, विहान उठेर यसलाई चपाएर खान सक्नुहुन्छ । जसबाट प्रयाप्त मात्रामा क्याल्शियम पाउन सकिन्छ ।

डेरी प्रोडक्ट

खानामा दुध, दही, पनीर, चीजजस्ता डेरी प्रोडक्टको मात्रा पनि बढाउन जरुरी हुन्छ । यसबाट पनि क्याल्शियम पाउन सकिन्छ ।

यसकारण पनि जरुरी

– बलिायो हाडको लागि क्याल्शियमक अतिआवश्यक तत्व हो ।

– बच्चाको शुरुवाती विकास र मांसपेशि निर्माणमा पनि यसले सहयोगी भूमिका निर्वाह गर्छ ।

– क्याल्शियमको कमीले हाड मात्र नभएर नङ, दाँत कमजोर हुन जान्छ । त्यस्तै, महिलालाई महिनावारीको समय पीडा हुने, धड्कन बढ्ने, नाडीलगायतमा समस्या देखिने गर्छ ।

– एक रिपोर्टअनुसार १४-२० वर्षका युवाहरु पनि क्याल्शियमको कमीको समस्याबाट ग्रसित छन् ।

– चिकित्सकका  अनुसार क्याल्शियमक कमी भएमा आफुखुशी औषधीको प्रयोग गर्नु हुँदैन । बरु चिकित्सकको सल्लाहअनुसार खानपानमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment