Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवाली बुधबार भारत जाने

२२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार भारत जाने भएका छन् । नयाँदिल्लीमा बुधबारबाट सुरू हुने राइसिना डाइगल २०१९ मा भाग लिन ज्ञवाली भारत जान लागेका हुन् ।

बुधबार नै जापानका विदेशमन्त्री नेपाल आउँदैछन् । उनीसँग भेटवार्ता गरेर ज्ञवाली साँझ दिल्ली जानेछन् । विभिन्न देशका विदेशमन्त्रीहरु सहभागी हुने सम्मेलनलाई उनले २६ गते सम्बोधन गर्नेछन् ।

तीन दिने भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजका साथै भारतीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ज्ञवाली शुक्रबार स्वेदश र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment