Comments Add Comment

बढी मदिरा पिउँदा किन हुन्छ ह्याङओभर ?

चाडपर्व, उत्सवमा हामी मदिराको साथ खोज्छौं । मदिरा वास्तवमा सोसल ड्रिक हो । तर, जब मान्छेहरु मदिरा पिउँदै जान्छन्, यसको सीमा भुल्छन् । मस्त पिउँछन् । नमातेसम्म पिउने प्रवृत्तिको कारण मदिरा वदनाम छ ।

भनिन्छ नि, मदिरा आफैमा वदनाम होइनन् । तर, मदिरा पिउनेहरुले यसको वदनाम गरेका छन् । हामी मदिरा पाएपछि होस हराउनेगरी पिउनुपर्छ भन्ने ठान्छौं । जति पनि पिउँछौं, शरीरले थेग्न नसक्नेगरी । त्यही कारण मदिरा पिएको भोलिपल्ट वा अर्कोदिन हाम्रो ज्यान ठिकठाक हुँदैन । त्यही मदिराको ह्याङले समात्छ ।

यसै सन्दर्भमा हिन्दी विविसी अनलाइनले एउटा आलेख छापेको छ, जसमा ह्याङओभरबारे यावत जानकारी छ । अंग्रेजी नयाँ बर्षको सन्दर्भमा प्रकाशित उक्त लेखको भावनुवाद यहाँ साभार गरिएको हो ।

मदिराको ह्याङओभर

अत्याधिक मदिरा सेवनको कारण टाउको भारी हुने, घुमाउने, वान्ता हुने जस्ता समस्या पनि हुन्छन् । यसलाई मदिराको ह्याङओभर भन्ने प्रचलन छ । कसै-कसैले सुझाउने गर्छन् की यस्तो अवस्थामा अण्डा खानु बेस हुन्छ ।

तर, मानिसहरुले यस्तो ह्याङ उतार्ने औषधी पनि खोजिरहेको हुन्छ । के त्यस्तो कुनै औषधी छ जसले मदिराको ह्याङबाट मुक्त गर्छ ?

ह्याङओभरबाट वाहिर निस्कने प्रश्न आजको होइन । यो हजाारांै वर्ष पुरानो हो भन्ने कुरा १९०० वर्ष पुरानो एउट भोजपत्रले पनि देखाउँछ । जुन भोजपत्रमा नशाबाट वाहिर निस्कने औषधीबारे लेखिएको छ । यसको अर्थ हो त्यतिबेला पनि मानिसहरु अत्याधिक मदिरा पिउथे र ह्याङआभरबाट वाहिर निस्कने औषधीको खोजीमै थिए ।

आज पनि नशाको ह्याङबाट वाहिरिने थुप्रै औषधीबारे बताउने गरिन्छ । जस्तो की नमकिन, काचो अण्डा, टमटर, जुस, सस, कागति आदिको सेवन । तर, यस्ता कुनै पनि कुराले मानिसलाई ह्याङओभरबाट मुक्त गरेको पाइदैन ।

यसकारण ह्याङओभर

विज्ञानले नै भन्ने गर्छ की बढी मदिरा पिएपछि हामीले ह्याङओभरको महसुष हुने गर्छ । अर्थात, टाउको भारी हुने, चक्कर आउने र थकानको महशुस हुन्छ । यसको एउटा मात्र नभएर थुप्रै कारण छन् ।

मदिरा इथानलबाट बन्ने गर्छ । यसले हम्रो शरिरको शक्तिलाई टुक्राएर अर्को केमिकलमा परिवर्तन गर्ने काम गर्छ । जसमध्ये सबैभन्दा महत्वपूर्ण केमिकल भनेको एसिटेल्डिहाइड हो । यसले इन्जाइमलाई अझ बढी टुक्राएर एसीटेट नामक केमिकालमा परिवर्तन गर्छ । यो एसीटेट वोसो र पानीमा परिवर्तन भएर जाने गर्छ । कतिपय वैज्ञानिकहरुले भन्ने गर्छन की एसिटेल्डिहाइडको कारण ह्याङओभरको समस्या हुने गर्छ । तर, कतिपयले भने एसिटेल्डिहाइडको सम्बन्ध मदिराको ह्याङसँग नहुने बताउँछन् ।

विज्ञहरुका अनुसार मदिरामा मिसाइएका अरु नै केमिकल ह्याङओवरको जिम्मेवार छन् । जुन केमिकललाई कोन्जेनर्स भन्ने गरिन्छ । यसमा थुप्रै प्रकारको कण हो । जुन व्हिस्की तयार गर्दा प्रयोग हुन्छ । यसको महशुस त्यतिबेला हुन्छ, जतिबेलदा मानिसले अतिनै मदिरा सेवन गर्न थाल्छ ।

गहिरो रङको मदिरामा कोन्जेनर्सको मात्रा बढी हुने गर्छ । त्यसैले गहिरो रङको मदिराले लाईट रङको मदिराको तुलनामा बढी नशा दिने गर्छ । मानिसमा यसको असर फरक-फरक तरिकाले देखा पर्ने गर्छ । र, ह्याङओभरको सम्बन्ध मानिको उमेर र उसले पिउने मदिराको मात्रामा पनि निर्भर हुन्छ ।

तर, मदिरा सेवनपछि मानिसलाई ह्याङ बनाउनमा कुनै एउट तत्व मात्र जिम्मेवार भने हुँदैन । मदिराले शरिरमा हार्मोनल ब्यालेन्सलाई विगार्ने काम गर्छ र समस्या सृजना हुन्छ ।

मदिरा सेवनको अवधिमा मानिसलाई पिसाव पनि बढी लाग्ने गर्छ । जसले गर्दा शरिरमा पानीको कमी हुन जान्छ । टाउको भारी हुनुको एउटा कारण यो पनि हो ।

मदिराले निद्रामा पनि आसर पुर्‍याउँछ । प्राय मानिस रातको समय अवेरसम्म मदिरा सेवन गर्छन् । जसले गर्दा मानिसले राम्रोसँग सुत्न पनि पाउदैन । जसले गर्दा पनि थप थकानको महशुस हुने गर्छ ।

नेडरल्याण्डस्थित एक विश्वविद्यालयका प्रोफेसर योरिस सी वेर्सटरले भन्ने गर्छन् बढी मदिराको सेवनपछि त्योसँग लड्नको लागि हाम्रो शरिरले शक्ति लगाउने गर्छ । ताकी मदिराले शरिरमा खराव असर नपरोस् । यसकै कारणले पनि मदिरा सेवननको बेला मानिस दोधारमा पर्ने गर्छन् ।

ह्याङओभर हटाउने औषधी

विभिन्न वेससाइटमा मदिराको नशाबाट छोटो समयमा उत्रनका लागि हजारौँ औषधी पाइने गर्छ । कसैले भन्ने गर्छन् की केरा खाएमा राहत महशुस हुन्छ । त्यो किनभने मदिरा पिउदा शरिरमा पोटाशियमको कमी हुन पुग्छ । केराले शरिरमा कमी भएको पोटाशियम र खनिजको मात्रालाई पुरा गर्छ र मदिराको ह्यङओभर कम हुन्छ । तर, एक रातमा मदिरा पिउदैमा पोटाशियमको कमी हुँदैन, जुन केरा खाएर समस्या छुमन्तर भएर जाओस् ।

कसैले फेरि ब्रकफास्ट टन्न गर्ने सल्लाह दिन्छन् । त, कतिले मदिरा पिउनुअघि पेटभरी खान सुझाउँछन् । कतिले ह्याङओभरबाट पार लगाउनका लागि काँचो अण्डाको सेवन गर्न भन्छन् । काचो अण्डामा अमीनो एसिड हुने भएकाले यसले एसिटेल्डिहाइडलाई ताड्को लागि केही हदसम्म मदत त गर्छ तर, पुर्ण रुपमा ह्याङओभरबाट मुक्त हुने भने सकिदैन ।

तर, अत्याधिक मदिरा सेवनले हुने अतिरिक्त नशाबाट मुक्त हुने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु हो । समयसमयमा पानी पिउदा र एस्पिरिन लिदा पनि राहत पुग्छ । मदिरा पिउनुअघि राम्रोसग खान पनि जरुरी हुन्छ । ठिकसँग खान खानुहोस् र विस्तारै पिउदा ह्यानओभरको समस्या कम हुन्छ ।

यद्यपी, मदिराको सेवन नगर्नु नै स्वास्थ्यको सबैभन्दा राम्रो हो । – विविसी हिन्दीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment