Comments Add Comment

यी पाँच ठाउँमा दुख्छ ? कारण हुन सक्छ स्मार्ट फोन

स्मार्टफोन हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । स्मार्टफोनलाई छुट्याएर हेर्ने हो भने धेरै काम असम्भव हुन्छन् । भनौ दैनिकी चलाउनै सकस हुन्छ । तर, स्मार्टफोनके प्रयोग कति गर्ने ? यो चाही महत्वपूर्ण हुन आउँछ । पछिल्लो समय थुप्रै युवाहरुले आफ्नो अधिकांश समय स्मार्टफोनमा विताउने गर्छन् ।

यसरी निरन्तर स्मार्ट फोनको प्रयोग गर्दा स्वास्थ्यसम्बन्धि थुप्रै स्वास्थ्य सम्बन्धि समस्या पनि झेल्नुपर्ने हुन्छ । यसको विकिरणहरुले मस्तिष्कलाई कमजोर बनाउने थुप्रै तथ्य सार्वजनिक भईसकेका छन् । यसकै कारण शरिरका कतिपय भाग दुख्ने समस्या पनि हुन्छ । तपाईको शरिरमा यी पाँच ठाउँ दुख्छ भने त्यसको कारण स्मार्टफोन त होइन ?

औंला

लामो समयसम्म स्मार्ट फेनको प्रयाग गर्दा हातका औँला दुख्ने समस्या बढ्दै जान्छ । यसकै कारण औँला पनि औँला खिँचिने समस्या हुन्छ । यसले औलाको आकार विग्रनुका साथै कमजोर भएर जाने गर्छ ।

गर्धन

लामो समय स्मार्टफोनको प्रयोग गर्दा गर्धनमा दुखाई हुनु सामानय हो । त्यसैले, लामोसमयसम्म एउटै पोजिशनमा बसेर स्मार्ट फोन चलाउनु घातक सावित हुन्छ । नत्र गर्धनमा जोर पर्न जान्छ र दुखाई हुन जान्छ ।

आँखा

लाामो समयसम्म स्र्माटफोनको प्रयोग गर्दा देखिने अर्को समस्या भनेको आँखाको दुखाई पनि हो । त्यसमात्र नभएर यसले आँखा पोल्नेदेखि यससम्बन्धि अन्य थुप्रै समस्या देखा पर्दै जान्छ । यसले आँखाको सुख्खापनालाई पनि बढाएर लैजाने गर्छ ।

पीठ्यू

बसेर लगतार स्मार्टफोनको प्रयोग गर्दा पीठ्युमा जोर पर्न जान्छ । जसले दुखाईको अवस्था सृजना गर्छ । यसबाट बच्नको लागि शारिरिक रुपमा शक्रिय हुन पनि आवश्यक छ । दैनिक व्यायामको साहारा लिदा यस्तो दुखाई विस्तारै कम हुँदै जाने गर्छ ।

कुम

हातमा स्मार्ट फोन लिएर लामो समयसम्म प्रयोग गर्दा काँधको भाग खिचिएर जाने गर्छ । जुन विस्तारै दुखाईमा परिवर्तन हुँदै जान्छ । स्मार्ट फोनले सृजना गर्ने यस्तो समस्याबाट बच्नको लागि बीच बीचमा ब्रेक लिनु अतिआवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment