Comments Add Comment

ला लिगा फुटबलमा रियल मड्रिडको लज्जास्पद हार

२३ पुस, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल सोसाइडेडसँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै रियल सोसाइडेडले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै जोसेले रियल सोसाइडेडलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमै दबाबमा आएको रियल मड्रिड खेलको दोस्रो हाफमा भने थप दबाबमा आएको थियो ।

खेलको ६१औं मिनेटमा रियल मड्रिडका लुकास भजक्वएजले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल मड्रिड झनै दबाबमा आएको थियो । खेलको ८३औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोलको सनसनीपूर्ण जित दिलाए ।

हारसँगै रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको भने समान खेलबाट २२ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment