Comments Add Comment

रोदरह्यामको पोष्टमा म्यान्चेस्टर सिटीको सात गोल

२३ पुस, काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको तेस्रो चरणको खेलमा रोदरह्याम युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले रोदरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ, फिल फाडेन, ग्याब्रियल जिसस, रियाद महरेज, निकोलस ओटामेन्डी र लोरी सानेले गोल गरेका थिए । त्यस्तै, रोदरह्यामका सेमी अजयीले आत्मघाती गोल गर्दा सिटीले उपाहार स्वरुप एक गोल पाएको थियो ।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गर्न सफल भयो । खेलको १२ औं मिनेटमा स्ट्रलिङले गोल गर्दा ४३ औं मिनेटमा फाडेनले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा रोदरह्यामका अजयीले आत्मघाती गोल गरेपछि सिटी पहिलो हाफसम्म ३–० गोलले अघि रहेको थियो ।

त्यस्तै, सिटीले ५३ औं, ७३ औं, ७८ औं र ८५ औं मिनेटमा गोल गर्दै ७–० गोलको फराकिलो जितसहित एफए कपको चौथो चरणमा प्रवेश गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment