Comments Add Comment

अनमोल भन्छन्–‘ब्याचलर बन्टी छाडेँ, ६ महिना ब्रेक लिन्छु’

नायक अनमोल केसीले आफूले चलचित्र ‘ब्याचलर बन्टी’ छाडेको स्पष्ट पारेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै अनमोलले आफूले निर्माणपक्षसँगको सहमतीमै चलचित्र छाडेको स्पष्ट पारेका छन् । उनले भने–‘हो, मैले चलचित्र छाडेको हुँ । हामीविचमा सहमतीमै चलचित्रका लागि गरिएको संझौता रद्द गर्ने निर्णय भएको हो ।’

अनमोल चलचित्र छाड्नुको कारणबारे भने–‘चलचित्रको कथा राम्रो थियो । तर, मलाई त्यो भूमिका आफ्नो लागि सुट नभएको जस्तो लाग्यो । यसैले, चलचित्र छाड्ने निर्णय गरेँ ।’ अनमोल चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनका लागि मंगलबार अमेरिका उड्दैछन् । यो चलचित्रको केही गीत र दृश्यको छायांकन अमेरिकामा हुने उनले बताए । उनी दुई साता अमेरिका बस्नेछन् ।

अमेरिकाबाट फर्किएपछि उनले चलचित्र ‘क्याप्टेन’को प्रमोशनमा समय दिने बताएका छन् । अनमोलले अब आफू करिब ६ महिना ब्रेक लिने समेत बताए । उनले भने–‘२ वटा चलचित्रको ब्याक टू ब्याक छायांकन गर्दा म थाकेको छु । अब ६ महिना जति ब्रेक लिन्छु । यो बर्ष मेरो २ वटा चलचित्र आउने पक्का छ । यसैले, अब हतार गर्दिनँ । अब दर्शकका लागि ठूलो प्रोजेक्ट लिएर मात्र आउनेछु ।’

अनमोलले, यदि कुनै चुनौतीपूर्ण भूमिका आएको खण्डमा गर्ने समेत स्पष्ट पारे । अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागूण १३ र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment