Comments Add Comment

आमा र प्रेमीसँग हिड्दा साम्राज्ञीलाई फाइदा कि घाटा ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनी आफ्नी आमा नेहा राज्यलक्ष्मी शाहसँग सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी छिन् । चलचित्रको छायांकन काठमाण्डौ बाहिर हुँदा समेत नेहा साम्राज्ञीसँगै पुग्ने गरेको चर्चा चलचित्र बजारमा चल्ने गरेको छ ।

साम्राज्ञी र नेहा एकसाथ हिड्नु कुनै नौलो कुरा होइन । किनकी, नेहाले साम्राज्ञीको व्यवसायिक करिअरमा समेत साथ दिदै आएकी छिन् । तर, यतिबेला नायिका साम्राज्ञी आफ्ना प्रेमी देवांशु जंगबहादुर राणाको साथमा सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी छिन् ।

देबांशुसँगको प्रेम केही समय लुकाउन खोजेकी साम्राज्ञी अहिले प्रेमलाई खुल्लम खुल्ला सार्वजनिक गरिरहेकी छिन् । चलचित्र ‘मारुनी’को घोषणा कार्यक्रममा साम्राज्ञी प्रेमीसँग पुग्दा यसले सर्वाधिक चर्चा पायो । साम्राज्ञीले प्रेमीसँग कार्यक्रममा पुगेका कारण पनि मिडियामा उनको प्रेमको खबर धेरै, चलचित्रको खबर कम आयो । यसले, निर्माताले मिहिनेतका साथ आयोजना गरेको भव्य कार्यक्रम नै ओझेलमा परेको थियो ।

उनै, साम्राज्ञी शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पनि आमा नेहा र प्रेमी देवांशुसँग पुगेकी थिइन् । उनी, देवांशुसँग तस्बिर खिचाउन पनि खासै असहज मानिरहेकी थिइनन् ।

साम्राज्ञीको प्रेम अहिले चर्चामा छ । तर, उनी र उनका प्रेमी एकसाथ कार्यक्रममा सार्वजनिक हुँदा कार्यक्रमको चर्चा कम, प्रेम जोडीको चर्चा बढी भैरहेको पाइन्छ । यसले कार्यक्रम आयोजकलाई त घाटा परेको छ नै, साम्राज्ञीलाई पनि खासै फाइदा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment