Comments Add Comment

यो हो विश्वमा सबैभन्दा धेरै रि-ट्वीट भएको ट्वीट

नयाँ वर्ष सन् २०१९ सुरु भएको एक हप्ता बितिसकेको छ । यो सात दिन भित्रमा एउटा नयाँ विश्व कीर्तिमान कायम भएको छ ।

यो नयाँ रेकर्ड विश्वमा एउटा ट्वीट अहिलेसम्मकै सबैभन्दा धेरै पटक रि-ट्वीट भएको छ ।

जापानका अर्वपति युसाकु मेजावाले गरेको एउटा ट्वीटले विश्वमा अहिलेसम्मकै बढी रिट्वीट प्राप्त गरेको हो ।

उनको उक्त ट्वीट यो खबर तयार पार्दासम्म ४३ लाख पटक रि-ट्वीट गरिएको छ । यसअघि सबैभन्दा धेरै रि-ट्वीट गरिएको ट्वीटको रेकर्ड कार्टर विल्करसनको नाममा थियो । उनको ट्वीट झण्डै ३७ लाख पटक रि-ट्वीट भएको थियो ।

युसाकु जापानको सबैभनदा ठूलो अनलाइन फेसन रिटेलर जोजो टाउनका संस्थापक हुन् । उनले जनवरी ५ मा एउटा ट्वीट गरे जापानी भाषामा ।

त्यसमा लेखिएको थियो, जोजो टाउनको नयाँ वर्षको सेल इतिहासकै सबैभन्दा तिव्र रहेको छ र अहिलेसम्म हामीले १० बिलियन येनको सामान बेचेका छौँ । यसका लागि आभार व्यक्त गर्दै तपाइँमध्ये एकसय जना व्यक्तिलाई १ सय मिलियन येन नगद दिनेछु । आवेदन गर्नका लागि मेरो ह्याण्डल फलो गर्नुस् र यो ट्वीटलाई रिटि्वट गर्नुस् ।’

१ सय मिलियन पुरस्कार पाउने भनेपछि मानिसहरु उनको ट्वीटलाई रिट्वीट गर्न तछाड मछाड गरेका छन् । जसका कारण त्यो टुवीट अहिलेसम्म ४३ लाख जनाले रिट्वीट गरिसकेका छन् । साथै ११ लाखले लाइक तथा पौने तीन लाखले कमेन्ट गरेका छन् ।

स्मरण रहोस् युसाकु उनै व्यक्ति हुन् जसले सन् २०२३ मा चन्द्रमामा जाने योजना बनाएका छन् ।

यसअघि एउटा ट्वीटमा सबैभन्दा धेरै रिट्वीट पाउने व्यक्ति कार्टर विल्करसनको नाममा थियो । कार्टरको फूड चेन कम्पनी वेन्डीलाई मेन्सन गर्दै गरेको ट्वीट झण्डै ३७ लाख पटक रि ट्वीट गरिएकेा थियो ।

कार्टरले ट्वीटमा वेन्डीसँग सोधेका थिए कि १ वर्षका लागि सित्तैमा चिकेन नगेट खानका लागि कतिपटक रि ट्वीट गर्नुपला ? ट्वीटको जवाफमा कम्पनीले १८ मिलियन अर्थात् १ करोड ८० लाख पटक रि ट्वीटको माग गर्यो । तर अहिलेसम्म त्यो संख्या पुगेको छैन । जम्मा ३७ लाख मात्रले अहिलेसम्म उनको ट्वीट रिट्वीट गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment