Comments Add Comment

साइकलसँग ठोक्किँदा कारको यस्तो हालत !

सडकमा दुर्घटना हुनुृ र कारसँग साइकल ठोक्किनु नयाँ कुरा भएन । कारसँग ठोक्किएर साइकल कच्याक कुचुक हुनु पनि नौलो होइन । तर जब साइकल सँग ठोक्किएर कार कच्याक कुचुक हुन्छ, तब यो कुरा आठौँ आश्चर्य बन्दो रहेछ ।

रोचक त के भने साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो । त्यो तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ ।

चीनको सेन्जेन सहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रसंसा गरिरहेका छन् ।

त्यस्तो बलियो साइकलको बारमेा जान्नका लागि मानिसहरु उत्सुक नहुने कुरै भएन । घटनाको भिडियो बाहिर आएसँगै मानिसहरुले कार कम्पनीको मजाक उडान सुरु गरे ।

क्तिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको बताएपनि पुलिसले त्यो वास्तविक घटना भएकेा पुष्टि गरकेो छ ।

पिपुल्स डेली चाइनाले समेत यो तस्वीर सहितको समाचार छापेको छ । दुर्घटनामा साइकलमा कुनै क्षति नभएपनि चालक सामान्य घाइते भएका छन् । उता कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारका यात्रु तथा चालक सुरक्षित छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment