Comments Add Comment

धरानका विद्यार्थीलाई न्यानो स्वीटर वितरण

युएई/ युएईमा रहेका गायक प्रकाश पौडेलको पहलमा धरानको एक विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो स्वीटर सहयोग गरिएको छ ।

धरान १७ मा रहेको सम्यक शिक्षा आधारभूत विद्यालयका १०४ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नेपाल वायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा तथा संचारकर्मी रवी श्रेष्ठको उपस्थितिमा सोमबार विद्यालयमा एक कार्यक्रमकाबीच उक्त सामग्री हस्तान्तरण गरिएको गायक पौडेलले जानकारी दिए।स्वीटर खरिदका लागि सञ्चारकर्मी श्रेष्ठ आफैले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए।अन्य सहयोग युएईका विभिन्न ठाँउमा रहेका नेपालीहरुबाट जुटेको हो ।

यस्तै विद्यालय प्रशासनले कार्यक्रममा सहभागीहरुका माझ विद्यालयको आर्थिक अवस्थाका बारेमा जानकारी गराएपछि थप सहयोग जुटेको छ ।

क्याप्टेन लामासहितका सहभागीले शैक्षिक सामाग्री खरिदका लागि सहयोग दिलाएका हुन् । जसमा लामाले १० हजार, पुष्प अर्याल, रविन बराल र दिपक रन्जनले पाँच-पाँच हजार गरी २५ हजार रुपैँया सहयोग गरेका हुन् ।

युएईमा जुटेको केही रकम बचत भएको र त्यस रकम समेत शैक्षिक सामाग्री खरिदमा दिइने पौडेलले बताए ।

०५५ सालदेखि संचालनमा आएको उक्त विद्यालयले आर्थिक समस्याकाबीच कक्षा ५ सम्म पाठनपाठन गराउँदै आएको छ ।

पौडेलले सन् २०१२ देखि प्रत्येक वर्ष देशका विभिन्न ठाँउका विद्यार्थीलाई जाडोमा न्यानो कपडा सहयोग गदैँ आएका छन । यो २५ औँ सहयोग हो ।

उनले आर्थिक अवस्था कमजोर रहेका विद्यालय तथा विद्यार्थीको पहिचान गरी सामाजिक संजालबाट सहयोगको अपिल गर्दछन् । सोही आधारमा आजसम्म सहयोग जुट्दै आएको पौडेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment