Comments Add Comment

पार्टनरबाट धेरै अपेक्षा गर्नुहुन्छ ? घरबार बिग्रन्छ !

श्रीमान् र श्रीमतीबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । यो सामान्य कुरा हो । श्रीमान्-श्रीमतीले एकअर्काबाट मायाको अपेक्षा गर्छन् । सहयोगको आशा राख्छन् । यो पनि सामान्य कुरा हो ।

तर, यही कुरा त्यसबेला असमान्य भइदिन्छ, जब एकअर्कामाथि बढी नै अपेक्षा गर्न थालिन्छ । किनभने यस्ता अपेक्षाले निरासा हात लाग्छ । किनभने हामीले गरेका सबै अपेक्षा पुरा हुँदैन । अपेक्षा र आवश्यक्ता फरक कुरा हुन् । अपेक्षाको ग्राफ बढ्दै जान्छ । यो मानविय प्रवृत्ति पनि हो ।

यसरी बढ्ने अपेक्षाले दम्पतीबीच भने चिसोपन ल्याउन सक्छ । यसले सम्बन्धमा समेत कटुटा आउन थाल्छ । त्यसैले, एक आपस बीचको सुमधुर सम्बन्ध कायम गर्न पनि साथीबाट कुनै किसिमको आशा नराख्नु नै उचित हुन्छ ।

बरु जुन कुराले आफूलाई खुशी तुल्याउँछ, त्यस्ता कुरा आफै गर्न ठिक हुन्छ ।

अरुको मुख नताक्ने

संसारमा यस्ता कयौं मानिस छन्, जो आˆना साथीबाट बढी नै आशा गर्छन् कि उनीहरुले तपाईंको मनको कुरा बुझुन्, सम्झनु र तपाइर्ंकै इच्छा अनुसार कार्य गरुन् । जबकी यसो गर्न कहिल्यै पनि सम्भव हुँदैन । किनकी मानिसले एक हदसम्म त तपाइर्ंलाई बुझ्न सक्छन्, तर तपाईको दिमागमा के छ भनेर पढ्न सक्दैनन् । तपाइर्ंले चाहे जस्तो सबै कार्य गर्न पनि सक्दैनन् । परिणामस्वरुप, मानिसमा निराशा पलाउने गर्छ । र, सम्बन्धमा कटुटा आउने गर्छ । त्यसैले, उचित यही हुन्छ, कि यस्ता कुराको लागि अरुको मुख नताकौ ।

खुशी स्वयंबाट मात्र प्राप्त गर्न सकिन्छ

कुनै पनि सम्बन्ध कायम गर्नु अघि मानिसहरु सोच्छन्, उक्त सम्बन्धले उनीहरुलाई खुशी दिलाउँछ । तर वास्तविकता त के हो भने तपाई अरुमार्फत आˆनो खुशी भेट्न सक्नु हुँदैन । खुशी भनेको त्यो हो, जो स्वयंबाट मात्र प्राप्त गर्न सकिन्छ, अरुबाट हैन । फेरी सम्बन्ध कायम हुँदैमा मात्र पनि मानिस खुशी हुन सक्दैन । यसको लागि विभिन्न कुराले महत्वपूर्ण भूमिका खेल्छ ।

धारणाले पनि पार्छ प्रभाव

मानिसको धारणा व्यक्ति पिच्छे फरक हुन्छ । यही धारणाकै कारण कयौ पटक साथी साथीबीच झगडा पनि हुन्छ । त्यसैले, अरुले आˆनो बारेमा के सोच्छ भनेर धारणा बनाउनु अघि म कस्तो छु भनेर सोच्न जरुरी छ । जब मानिसले आफू कस्तो छु भन्ने थाहा पाउँछ, तब उसले अरु प्रति कुनै आशा राख्दैन ।

जब मानिसलाई कसैबाट कुनै आशा हुँदैन, तब मानिस कहिल्यै निराशा हुँदैन । बरु प्रत्येक काम आफै गर्न थाल्छ । कुनै गल्ती गरिहाले आफैबाट पाठ सिकेर उक्त गल्ती दोहोर्‍याउनबाट जोगिन्छ । अन्यथा, अरुबाट धेरै आशा गर्दा उक्त आशा पूरा नभएमा निराशा पलाउने गर्छ । जसले गर्दा सम्बन्ध समेत विग्रन सक्छ ।

त्यसो भए के आशा गर्ने ?

कसैबाट कुनै आशा नराखे मात्र खुशी रहन सकिन्छ । यसको मतलव अरुबाट कुनै आशा राख्नै हुँदैन भन्ने पनि हैन । बरु जुन कुरा साथीले पूरा गर्न सक्छ, त्यस्ता कुराको आशा गरेमा कहिल्यै निराश हुनु पर्दैन ।

-तपाईको सम्मान गरोस्

-तपाईलाई माया गरोस्

-इमान्दार होस्

-धैर्यधारण गरोस् र आपत परेका बेलामा सधै तपाईलाई साथ दियोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment