Comments Add Comment

९ खराव वानी, जसले चाडै बुढो बनाउँछ

बुढो हुनु एक स्वभाविक जीवन-चक्र हो । हामी यौवन, युवाबाट गुज्रदै बुढ्यौलीमा प्रवेश गछौर्ै । बुढ्यौली, हामीले झेल्नैपर्छ । भोग्नैपर्छ । तर, हामीकहाँ बुढ्यौली जीवन निकै पट्यारलाग्दो, दिक्कलाग्दो हुनेगर्छ ।

तर, कतिपयले बुढ्यौलीलाई सहज बनाउँछ । उमेरले बुढो भएपनि उनीहरुको जवानी, उर्जा, शक्ति यथावत हुन्छ । उनीहरु उमेरले पाको हुँदै गएपनि हेर्दा जोशिलो युवाजस्तै देखिन्छन् ।

कतिपय भने उमेर नपुग्दै बुढ्यौलीमा प्रवेश गर्छन् । उमेरको हिसाबले नभई शारीरिक हिसाबले उनीहरु कमजोर र लाचार हुँदै जान्छन् । आखिर किन यस्तो हुन्छ ?

यसको जवाफ हामी आफैसँग छ । हाम्रो खराब दिनचर्या, खराब खानपान, खराब सोच चिन्तनले हामीलाई बुढ्यौलीमा पुर्‍याउँछ । मानिसको स्वास्थ्य विग्रनुमा सबैभन्दा महत्वपूर्ण हात स्वयंको हुन्छ । खाने, सुत्ने र व्यायाम गर्ने समयको व्यावस्थापन गर्न नसक्दा कम उमेरमै हृदयघातजस्तो समस्याको शिकार हुनुपर्छ । मुटु रोग, स्ट्रोक जस्ता समस्याको जड हाम्रै खराव जीवनशैली हो । युवाहरुमा हृदयघातको समस्या हुने कारण यही हो । त्यसैले यस्ता नौ गल्तीबाट बच्न आवश्यक हुन्छ ।

१. गलत खानाको वानी

परिवर्तित समयसँगै हाम्रो खानेशैलीमा पनि अनेक परिवर्तन आएका छन् । पहिले हामीले अर्गानिक र सादा खानाको अत्याधिक प्रयोग गथ्र्यौ । आजभोली बढी मात्रामा तारेको र भुटेको खानको प्रयोग गर्न थालेका छौँ । यसले हाम्रो स्वास्थ्यमा मात्र नभएर मुटुमा पनि असर पर्न जान्छ । भुटेको र तारेको बढी खादा खराव कोलेस्ट्रोल, मधुमेह र हाइपरटेन्शनजस्तो समस्याले पनि गाँज्दै लैजाने गर्छ ।

२. बसिरहनु

लामो समयसम्म बसेर काम गर्ने, खाने जस्ता वानीले मुटुलाई कमजोर बनाउँदै लैजान्छ । आजभोली अफिसमा लामो समय एकै ठाउँमा बसेर काम गर्नु पर्ने हुन्छ । या लामो समयसम्म बसेर पिजा, वर्गरजस्ता खानाको प्रयोग गर्छौँ । यस्तो वानीले पेट त भरिन्छ तर, शरिरमा भने ७०० क्यालोरी बढेर जाने गर्छ । यस्तो व्यवहार मुटुको लागि पनि त्यति राम्रो मानिदैन ।

३. धुम्रपान

धुम्रपानले रगत चोक्टा चोक्टा बनाउने काम गर्छ । यसले कोरिनरी आर्टरी, मस्तिष्कसम्म पुग्ने धमनिलाई पनि प्रभावित पार्ने काम गर्छ । रगत चोक्टा चोक्टा भएकै कारण धुम्रपान गर्ने व्यक्तिमा स्ट्रोकको मात्रा पनि बढेर जाने गर्छ । यसका साथै धम्रपानले रगतको प्लेटलेट्स पनि नष्ट गर्ने काम गर्छ । धुम्रपानले शरिरमा खराव कोलेस्ट्रोलको मात्रा बढाउनेदेखि धमनिलाई सुकाउने काम समेत गर्छ । धुम्रपान रगतमा पुगेर कार्वन मोनोअक्साइड गैस उत्पादन भई यस्तो अवस्था सृजना हुन्छ । धुम्रपान गर्ने व्यक्तिमा भिटामिन सीको मात्रा पनि कमी भएर जान्छ । जसको कारण धमिनिमा कोलेस्ट्रोल जम्मा हुन थाल्छ ।

४. अधिक मदिरा सेवन

मदिरा सेवनपछि रगतमा ट्राइग्लाइसिराइड्स फ्याटको मात्रा बढेर जाने गर्छ । जसको कारण रक्तचाप बढेर जान्छ र मुटुलाई प्रभावित पार्ने काम गर्छ । मदिराले शरिरमा भएको भिटामिन बी र सीलाई नष्ट गर्ने काम गर्छ । जसले गर्दा शरिर यी दुई भिटामिनबाट हुने फाइदाबाट बञ्चित हुने गर्छ । मदिराले मुटुको मांशपेसीलाई कमजोर पार्दै लैजाने एक अनुसन्धानले देखाएको छ । जसले मुटुसम्म पुग्ने रगत गति अवरोध सृजना गर्छ । यसको साथै मदिराकै कारण हार्ट एट्याक, स्ट्रोक र उच्च रक्तचाप पनि हुन सक्छ ।

५. अत्यधिक व्यायाम

व्यायामले शरिरलाई फिट राख्ने मात्र नभएर मुटको लागि पनि निकै राम्रो हुने गर्छ । तर, अचानक गर्ने वा अत्याधिक गर्ने हेवी व्यायाम भने घातक सावित हुन्छ । आफ्नो तयारी विना ट्रेडमिलमा जंगिङ गर्दा पनि समस्या सृजना हुन्छ । यसको कारण हुने तनावले छोटो आर्टरी टुट्न सकछ । र, हृदयघातसमेत हुन सक्छ ।

६. तनाव

तनाव मुटुको स्वास्थ्यको लागि पनि निकै घातक सावित हुन्छ । तनावले रक्तचाप र हानिकारक कोलेस्ट्रोलको मात्रालाई बढाउने काम गर्छ । यस्ता व्यक्तिमा हार्टअट्याकको खतरा २७ प्रतिशतसम्म बढेर जाने गर्छ । अनुसन्धानकर्ताका अनुसार एलडीएन कोलेस्ट्रोलले मुटुमा रगतको प्रवाह गर्ने धमनिमा असर पुर्‍याउँछ । जसले गर्दा धमनी साँघुरो हुँदै जाने गर्छ । जसले गर्दा मुटुलाई प्रयाप्त मात्रामा रगत पुग्दैन । जसले हृदयघातको सम्भावनालाई बढाएर लैजाने काम गर्छ ।

७. एक्लोपना

हामीले कैयौँ पटक एक्लोपन महशुस गर्छौँ । तर, लामो समयसम्म एक्लोपनाको महशुस गर्दा र सामाजिक रुपबाट वाहिर हुँदा मुटु रोग र स्ट्रोकको खतरा बढेर जाने गर्छ । मुटु सम्बन्धि रोग र तनावको गहिरो सम्बन्ध हुन्छ । सँधै एक्लोपनको महशुस गर्ने मानिसमा मुटु रोगको खतरा २९ प्रतिशत र स्ट्रोकका खतरा ३२ प्रतिशतले बढेर जाने गर्छ ।

८. दाँतको रोग

मुख सम्बन्धी रोग होस वा दाँतमा फोहोर जम्ने समस्या । यो समस्या मुटुको रोगको लागि खतरा हुने गर्छ । मुखको व्याक्टेरिया प्रायः सिधै पेटमा पुग्ने गर्छ । र, यस्तो व्याक्टेरिया रगतमा मिल्न पुग्छ । जसबाट रक्त कोशिका जम्न थाल्छ । जसले रक्तचापलाई बढाउनुका साथै रक्तप्रवाहमा अवरोध सृजना हुने गर्छ ।

९. लक्षणलाई व्यवास्ता

हामीलै कैयौ शारीरिक लक्षणलाई सामान्य ठानी व्यवास्ता गर्छौँ । तर, त्यही व्यवस्ताको कारण अकालमा ज्यान जान सक्छ । त्यसैल सामान्य लक्षणलाई पनि गम्भीर रुपमा लिएर स्वास्थ्य परीक्षण गरी उपचारमा लाग्न जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment