Comments Add Comment

खाली पेट यी खानेकुरा खाँदा हुनसक्छ अल्सर 

कुनै पनि खानेकुरा खानु पर्छ त्यस्ता खानेकुराले स्वास्थ्यमा पुर्‍याउने फाइदा र बेफाइदाका बारेमा जानीराख्न आवश्यक छ । गलत समयमा खाएको यस्ता खानेकुराले अल्सर जस्ता जटिल समस्या समेत निम्त्याउन सक्छ ।

केरा

आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । तर खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । त्यसैले विशेषज्ञहरु खाली पेटमा केरा नखान सुझाव दिने गर्छन् ।

खासगरी, माइग्रेन तथा एसिडिटीको समस्या भएकाहरुले त झन् खाली पेटमा केरा खानै नहुने उनीहरु बताउँछन् । भन्छन्, खाली पेटमा केरा खाएमा एसिडिटी बढ्ने गर्छ । साथै, गलत समयमा खाएमा भने यसले रगतमा हुने खनिज पदार्थको स्तरमा तलमाथि हुन सक्छ ।

अमिलो फलफुल

भिटामिन ‘सी’ले भरिपूर कागती, सुन्तला लगायतका अमिलो फल सबैको रोजाईमा पर्छ । विशेषगरी, जाडो मौसममा घाममा बसेर यस्ता फल खानुको मज्जा पनि बेग्लै हने गर्छ । शरीरलाई स्वस्थ राख्न पनि यस्ता फल निकै महत्वपूर्ण मानिन्छ । तर खाली पेटमा यस्ता फल सेवन गर्नाले एसिडिटीको समस्या निम्तिने गर्छ  । त्यसैले, विशेषज्ञहरु यस्ता फल सेवन गर्न सल्लाह दिने गर्छन् ।

दही

क्याल्सियम र प्राटिनले  भरिपूर्ण दहीमा स्वास्थयको लागि निक्ै फाइदाजनक मानिन्छ । दहीको सेवनले शरीरलाई उर्जा मिल्नुका साथै पाचन सम्बन्धि समस्यालाई कम गर्न मद्दत गर्छ ।

त्यतिमात्र हैन, यसले तनाव कम गर्नुका साथै गर्मी महिनामा दहीको सेवनले ठन्डा महसुस पनि हुन्छ । तर खाली पेटमा दहीको सेवन गर्नुले चाही स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउन सक्छ । खाली पेटमा दहीको सेवनले शरीरमा एसिडिटीको स्तर बढ्नुका साथै चिसो लाग्ने गर्छ ।

टमाटर

सलाद तथा तरकारीमा प्रयोग गरिने टमाटमा एन्टी अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले क्यान्सर तथा मुटु रोगको जोखिम कम गर्नुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ । टमाटरमा भिटामिन सी, भिटामिन के , पोटासियम तथा फोलेट पनि पर्याप्त मात्रामा पाइन्छ ।  तथापी, खाली पेट तथा गलत समयमा टमाटरको सेवनले एसिडिटी हुनुका साथै पथ्थरी, ग्यास्टि्रक तथा अल्सरको जोखिम  कयौ गुणा बढाउने गर्छ ।

चिया वा कफी

चिया वा कफी मन नपर्ने व्यक्ति कमै हुने गर्छन् । चिया वा कफीको सेवनले रिप|mेस महसुस हुन्छ । तर खाली पेटमा चिया वा कफीको सेवन भने शरीरको लागि घातक हुनसक्छ । यसको सेवनले शरीरमा एसिडिटीको समस्या बढ्नुका साथै पेट पोल्ने तथा अपचको समस्या निम्तने गर्छ । र, पछि गएर यो समस्या अल्सरमा परिणत हुनसक्छ ।

पिरो तथा मसलेदार खानेकुराको सेवन

अमिलो पिरो भननासाथ हामी नेपालीको मुख रसाउने गर्छ  । यस्ता खानेकुराको सेवनले खानाको स्वाद समेत बढाउँछ । तर विहानीपख पिरो तथा मसलेदार खानाको सेवनले भने अल्सरको समस्या दुई गुणा बढाउने गर्छ । किनकी मसलेदार खानाको सेवनले शरीरमा एसिडको स्तर बढ्ने गर्छ, जसले शरीरको पाचन तन्त्रलाई प्रभावित पारेर पेटमा ऐठन हुने  तथा पेट दुख्ने गर्दछ ।

औषधी

जुन सुकै स्वास्थ्य सम्बन्धि सामस्यामा पनि औषधी आवश्यक हुन्छ । तर खाली पेटमा यस्ता औषधीको सेवन अल्सर निम्त्याउन सक्छ । खासगरी, खाली पेटमा औषधीको सेवन गरेमा पेटमा एसिडको स्तर बढ्ने गर्छ । जसले गर्दा  छाती पोल्ने तथा अमिलो डकार आएर अल्सरको समस्या निम्तिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment