Comments Add Comment

त्रिकोणात्मक प्रेमकथामा ‘हृदय भरी’ घोषणा, पलसँग श्रद्धाको रोमान्स

चलचित्र ‘हृदय भरी’को आज काठमाण्डौमा आयोजना गर्दै निर्माण घोषणा गरिएको छ । यो चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशन रहनेछ । लभ स्टोरी कथामा बन्न लागेको चलचित्रमा नायक पल शाह , निर शाह , सुनिल थापा , आकाश बाबु , अनुराग कुँवर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । यो चलचित्रको माध्यमबाट नव–नायिका श्रद्धा क्षेत्री यो क्षेत्रमा भित्रिदैछिन् ।

भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा मोडलिङमा व्यस्त छिन् । यो चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण हुनेछ । चलचित्रका प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहनेछ । चलचित्रको छायांकन फागूणबाट सुरु गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै नायक पल शाहले कथावस्तु राम्रो लागेर आफू काम गर्न लागेको बताए । उनले चलचित्रको टिम राम्रो भएको भन्दै दर्शकले खोजेअनुसारको चलचित्र दिन तयार भएको सुनाए । नव–नायिका श्रद्धा क्षेत्रीले आफूलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने रहर भएकाले यो क्षेत्रमा आउने तयारी गरेको बताइन् । मलाई चलचित्रको टिम, नायक पल शाह भएपछि यो चलचित्रमा काम गर्न मन लागेको हो ।

निर्देशक सुरज सुब्बाले यो चलचित्रले अहिलेको यूवापुस्ताको कथालाई उठान गर्ने बताए । आफूहरुलाई चकलेटी हिरो र नयाँ हिरोइन चाहिएकाले पल र श्रद्धालाई लिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment