Comments Add Comment

५ मिलियन डलरको डाइमण्डमा सजिएर अवार्डमा पुगिन् लेडी गागा

हलिउडका स्टारहरु जब कुनै अवार्ड कार्यक्रममा पुग्छन्, त्यहाँ उनीहरुको पहिरनदेखि गहनाको समेत खुबै चर्चा हुने गर्दछ । हलिउडकी चर्चित गायिका लेडी गागा आइतबार बेलुकी आयोजित ‘गोल्डेन ग्लोब्स अवार्ड’मा पुगिन् ।

यो अवार्डमा पुगेकी हट गायिकाले लगाएको गहनाको चर्चा अहिले सुरु भएको छ । ३२ बर्षकी यी सुन्दरीले लगाएको नेक्लेसको मुल्य सुनेर तपाइको होश उड्न सक्छ । २० क्यारेटको ३ सय हिरा जडित उनको नेक्लेसको मुल्य ५ मिलियन डलर बताइएको छ ।

इगसेल ब्लू पहिरनमा सजिएकी गागा रेड कार्पेटमा सबैको ध्यान खिच्न पनि सफल भइन् । गागाले यो कार्यक्रममा अवार्ड समेत जितेकी छिन् । यो बर्षकै पहिलो महत्वपूर्ण अवार्ड हात पारेकाले पनि लेडीलाई विशेष रुपमा सजाइएको उनका डिजाइनरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment