Comments Add Comment

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

२३ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको बिशेष टोलीले फरार रहेका मकवापुरगढी गाउँपालिका–४ मा स्थायी घरभई भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती सञ्जेललाई पक्राउ गरेको हो ।
गत साउन १२ गते एक बालिकालाई चितवनदेखी बसमा ल्याई भीमफेदी स्थित डेरामा लगी जवरजस्ती करणी गरेर संजेल फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका संजेललाई हेटौंडा उपमहानगरपालिका–१२, रातोमाटेबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment