Comments Add Comment

निशान गाडीको विन्टर सर्भिस क्याम्प

२३ पुस, काठमाडौं । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा विन्टर सर्भिस क्याम्प सञ्चालन गरेको छ ।

क्याम यही पौष २४ गतेदेखि सुरु भई माघ १२ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । यो सर्भिस क्याम्प नेपालभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरु मार्फत् सहजै उपब्ध हुनेछ ।

यो निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले अन्य विभिन्न अतिरिक्त सुविधाहरु जस्तै निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशत सम्म छुट तथा अन्य एक्सोसरिजहरुको खरिदमा २० प्रतिशत छुट लगायत अन्य थुप्रै सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यस विन्टर क्याम्प अवधिभर ग्राहकहरुले आफ्नो गाडीको अवस्था एवं कार्य क्षमताको प्राविधिक जाँच गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment