Comments Add Comment

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

२४ पुस, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन फेरि चीन भ्रमणमा निस्केका छन् । चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा किम चीन गएका हुन् ।

उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएले सोमबार किम चीन भ्रमणमा निस्केको पुष्टि गरेको बीबीसीले जनाएको छ । केसीएनएलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- सम्भवतः किम रेलमार्फत चीनतर्फ गइरहेका छन् । यसअघि पनि किम रेल चढेरै चीन पुगेका थिए ।

श्रीमती री सोल जुलाई समेत साथमै लगेका किम ७ देखि १० जनवरीसम्म चीनमा रहने छन् ।

पछिल्लो समय किमले महत्त्वपूर्ण निर्णय लिनुअघि चीन भ्रमण गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नेता मुन जेई इनसँग भेट्नुअघि पनि किमले चीन भ्रमण गरेका थिए ।

किम-ट्रम्प तथा दक्षिण कोरियाका नेताबीच शिखर वार्ता हुने रिपोर्ट आइरहेका बेला किम फेरि चीन पुगेका छन् । दुईबीचको छलफलको मुख्य एजेन्डा यही शिखर बैठक हुने अनुमान गरिएको छ ।

चीन उत्तर कोरियाको मुख्य कूटनीतिक सहयोगी हो । उसको व्यापार र सहयोगको प्रमुख स्रोत पनि चीन नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment