Comments Add Comment

साउदी अरबको जेद्धामा मनाइयो ल्होसार

साउदी/ वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आइपुगेका नेपालीहरुले ल्होसार मनाएका छन् । यहाँको पश्चिम क्षेत्रमा रहेका तमुहरूले भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले अघिल्ला वर्षदेखि मनाउँदै आएको ल्होसार यस वर्ष पनि हर्षोल्लासका साथ मनाएका हुन् ।

ल्होसार पुस १५ का दिन परे पनि यहाँका नेपालीले भने पुस २० गते परेको सार्वजनिक बिदाको दिन पर्व मनाएका छन् ।

तमु धीं जेद्धाका अध्यक्ष वेदकुमार तमुको सभापतित्वमा इम्पाला गार्डेन रेस्टुरेन्ट हलमा आयोजना गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्य दूत रेवतीरमण पौडेलले गरेका थिए । त्यस्तै वाणिज्यदूत मनहरि दंगाललगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु पनि कार्यक्रममा उपस्थिति भएका थिए ।

‘खि ल्हो’ अर्थात कुकुर वर्गको विदाइ र ‘फो ल्हो’ अर्थात् मृग वर्गको स्वागत गरी मनाइएको तमु ल्होसार कार्यक्रममा लामा कृष्ण तमुबाट तमुशास्त्रमा उल्लेखित मन्त्रोच्चारण साथै प्रमुख अतिथि तथा सभापतिवाट संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सुरज तमुले संचालन गरेको कार्यक्रममा माया तमुस्योले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने प्रमुख अतिथि पौडेलले प्रवासको ठाउँमा रहेर तमु समुदायले आफ्नो एकल जातीय मात्रै नभएर सम्पूर्ण नेपालको राष्ट्रिय एवं सांस्कृतिक महत्व राख्ने पर्वहरुको संरक्षण गरेको भन्द्र प्रशंसा गरेका थिए ।

वेदकुमार तमुले नेपाल सरकारले कटौती गरेको ल्होसार पर्वको सार्वजनिक बिदालाई निरन्तरता दिन माग गरे ।

कार्यक्रममा कलाकारहरु धनबहादुर तमुको अगुवाइमा चर्चित कलाकारहरू खिम तमु, खोबिन तमु, गणेश तमु,, पूजा घले, दिया रिजाल, शान्ति लामा, पूजा सरगम, सिम्रन पुन मगर, अञ्जली हिताङ, माया पौडेल, सरस्वती मगर, गुराँस राई, अनेष्ट बम्जन, सिमा लामा, सागर लामा, विनोद न्यौपाने, फरसुराम गाह मगर, बाबू तमु, अन्जु अमृत, समीप मुस्कानलगायतले सांगीतिक प्रस्तुतिबाट उपस्थितिहरुलाई नचाएका थिए ।

कार्यक्रमको प्रायोजन काठमाडौं रेस्टुरेन्ट , जेट एरवेज, आइएमई तथा रियो मनी ट्रान्सफर, अलमराई कम्पनीलगायतले गरेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment