Comments Add Comment

घरमै बसीबसी कसरी गर्ने सेयर कारोबार ?

२४ पुस, काठमाडौं । यतिबेला सेयर बजारमा अनलाइन कारोबारको विषय चर्चामै छ । नेपालमा पहिलोपटक भित्रिएको पूर्ण अनलाइन स्वाचालित प्रणाली कसरी प्रयोग गर्ने भन्ने द्विविधा सेयर बजारका लगानीकर्ताहरु माझ अझै पनि छ ।

जसका कारण वर्तमान अवस्थामा पनि सेयर खरिद वा बिक्री गर्नका लागि ब्रोकर कार्यालय गुहार्नै पर्ने बाध्यता छ । किन/बेचका लागि  एकपटक अर्डर दिने र अर्को पटक चेक लिन वा दिन ब्रोकर कार्यालयमा पुग्नै पर्ने अवस्थाको अन्त्य हुन अझै सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्जले भित्राएको अनलाइन कारोबार प्रणाली शुरुवात भएकै दिनदेखि समस्या देखिँदा लगानीकर्ताहरु अझ निरुसात्साहित बने । जसको कारण पनि अनलाइन कारोबार प्रणालीमा आकर्षण खासै देखिएको छैन । यसको प्रमुख कारण भनेको प्रक्रियागत झण्झट नै हो ।

घरमै बसीबसी सेयर किन्ने वा बेच्न सबैको चाहाना हुन्छ तर यसबारे ज्ञान नहुँदा धेरैलाई समस्या पर्ने गरेको छ । यदि तपाई पनि घरमै बसीबसी सेयर कारोबार गर्न चाहानु हुन्छ । तर, यसबारे जानकारी छैन भने हामी तपाईलाई बुझाउँछौं ।

नेपालमै पहिलो पटक सानिमा क्यापिटल तथा सानिमा बैंकको संयुक्तरुपमा एउटा नयाँ प्रोडक्ट लञ्च गरेको छ । जुन प्रोडक्टको नाम हो ‘थ्री इन वान खाता’ ।

सानिमा बैंकको यो एउटै प्रोडक्टबाट तपाईले बैंकिङ कारोबार र सेयर कारोबार दुवै गर्न पाउनु हुन्छ । यसवापत तपाईंले बैंकलाई कुनै अतिरिक्त शुल्कसमेत तिर्न नपर्ने बैंकका प्रमुख निक्षेप अधिकृत बबीसिंह गड्तौला बताउछन् ।

बैंकका प्रमुख निक्षेप अधिकृत गड्तौलाका अनुसार यस सेवा अन्तर्गत एकै पटक बचत खाता, लगानीखाता र डिम्याट खाता गरी ३ वटा खाता खोलिन्छ । यदि तपाईको यस अघि नै सानिमा बैंकमा बचत खाता छ भने सोहीखाता नै प्रयोग गर्न सकिन्छ । घर वा अफिसमै बसीबसी सेयर कारोबार गर्नका लागि बैंकको यो थ्री ईन–वान सेवा लिनै पर्ने हुन्छ, र यो सेवालिन सजिलो पनि छ ।

कसरी लिने यो सेवा ?

सानिमा बैंकले नेपालमै पहिलोपटक ल्याएको थ्री इ–वान सेवाको प्रयोगबाट नै घर वा अफिसमै बसीबसी सेयर किनबेच गर्न सकिनेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइनमार्फतबिना कुनै झन्झट सेयर खरिद तथा बिक्री गर्न सकिने छ ।

सानिमा क्यापिटल र सानिमा बैंकको सहकार्यमा सञ्चालित लगानी व्यवस्थापन सेवा अन्तरगतको यस योजनामा अनलाइनमार्फत ग्राहकहरुले खाता सञ्चालनको निवेदन दिन सकिने बैंकले जनाएको छ । घर वा अफिसमा बसीबसी सेयर किनबेच गर्नका लागि यो सेवा सहज र उत्तम हुन्छ । यो सेवा लिएसँगै तपाईले घर अफिसमात्रै होइन संसारको जुनसुकै ठाउँबाट पनि सेयर किनबेच गर्न सक्नु हुनेछ ।

यो सेवाको माध्यमबाट रोजगारी वा अध्ययनका लागि विदेशमा रहेका नेपालीहरुका लागि समेत उपयोगी बन्नेछ । सानिमा बैंकको यो सेवा लिनका लागि तपाईले अनलाइनबाटै आवेदन दिन सक्नु हुनेछ ।

यो सेवा लिन बैंकको आधिकारिक वेबसाइटमा जाने त्यसपछि वेबसाइटको माथिल्लो भागमा थ्री ईन वान छ, त्यहाँ क्लिक गर्ने, त्यसपछि त्यहाँ फर्म देखिन्छ, माग भए बमोजिम तपाईको विवरणहरु भर्ने, व्यक्तिगत विवरणहरु तथा नागरिकता र फोटो अपलोेड गर्ने । यति गरिसके पछि आफ्नो नजिकको बैंक शाखा रोज्ने ।

बैंकले खाता खोल्ने शुरुवाती प्रक्रियादेखि खाता खोलिसकेको सम्पुर्ण जानकारीहरु इमेलमा प्राप्त हुनेछ । यस प्रक्रियामा तपाईले आफ्नो बचत खाता, डिम्याट खाता तथा ई–बैंकिङको विवरण पाउनुहुनेछ । यति गरिसके पछि एक पटकमात्रै तपाईले नजिकै रहेको सानिमा बैंक शाखामा पुग्नु पर्नेछ । आवश्यक प्रक्रिया पुगे पछि तपाईले घर, अफिस वा संसारको जुनसुकै ठाउँमा भएपनि सेयर किनबेच गर्न सक्नुहुन्छ ।

कसरी गर्ने त घर वा अफिसमै बसेर सेयर कारोबार ?

बैंकको थ्री इन वान सेवा लिइसकेपछि तपाईको इमलेमा यूजरनेम र पासवर्ड प्राप्त हुनेछ । त्यहीँ युजरनेम र पासवर्डको माध्यमबाट घर वा अफिसमै बसेर किनबेच गर्न सक्नु हुनेछ ।

यसका लागि बैंकको वेभसाइटको मुख्य पेजमा गई ई–बैंकिङमा लग इन गर्ने । यसभित्र थ्री इन–वान खातामा क्लिक गरी सेयर खरिद वा बिक्री गर्न सक्नुहुनेछ । त्यहाँ अप्सनहरु देखिनेछन् । कहीँ कतै नबुझिए बैंकमा सम्पर्क गरेर सोध्नसमेत सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुको सुविधाका लागि बैंकले नेपाल स्टक एक्सचेञ्जमा भएका सम्पुर्ण कम्पनीहरुको सेयरको अन्तिम मुल्य समेत यस पेजमा उल्लेख गरेको हुन्छ । हरेक दिन कारोबार राफसाफ प्रयोजनका लागि दिउँसो २.३० देखी ६.०० बजेसम्म सेयर कारोबार बन्द गरिने बैंकले जनाएको छ ।

थ्री ईन वान खाता सानिमा क्यापिटल र बैंकको सहकार्यमा सञ्चालित सेवा हो । साथ साथै यसका लागि सानिमा क्यापिटलले कारोबार राफसाफका लागि सेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको छ ।

सेयर कारोबारको राफसाफ एकै कार्यदिनमा पुर्ण संचालित रुपमा हुने बैंकले जनाएको छ । सेयर खरिद वा बिक्रीको सफल कारोबार भए पश्चात् खरिदको हकमा पाँच कार्यदिनमा ग्राहकहरुको डिम्याट खातामा सेयर जम्मा गरिने बैंकले जनाएको छ ।

त्यस्तै बिक्रीको हकमा पनि पाँचौ कार्य दिनमा बचत खातामा रकम जम्मा हुनेछ । बैंकका अनुसार यदि कारोबार सफल नभएको खण्डमा सम्पूर्ण रकम अर्डर गरेकै दिन ग्राहकहरुको बचत खातामा फिर्ता गरिनेछ ।

यसका लागि कानुनीरुपमै भएको व्यवस्था अनुसार ब्रोकर कमिशनको वापतको शुल्क र सानिमा क्यापिटलले न्युनतम शुल्कमात्रै लिन्छ । यस सेवा प्रदान गरे वापत बैंकले भने कुनै पनि शुल्क नलिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment