Comments Add Comment

सरकारको निर्णयलाई सहज रुपमा लिएको छुः दिलिप रेग्मी

२४ पुस, काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको नियमावली संशोधन गर्दै प्रमुखको कार्यकाल तीन वर्षे कायम गरेको छ । यससँगै दिलिप रेग्मी विदा भएका छन् भने गणेश अधिकारी नयाँ प्रमुख नियुक्त भएका छन् ।

२०७२ जेठ १४ मा नियुक्त भएका रेग्मीको कार्यकाल आगामी जेठ १४ सम्म थियो ।

तर, सरकारले नियमावली नै संशोधन गरेर प्रमुखको कार्यकाल ४ वर्षबाट तीनमा झारेपछि आफू विदा भएको उनले बताए । ‘मलाई बर्खास्त गरेको, कारबाही गरेको होइन,’ रेग्मीले अनलाइनखबरसँग भने, ‘सरकारको निर्णयलाई मैले सहज रुपमा लिएको छु ।’

उनका अनुसार सोमबार साँझ अवकास पाएको पत्र बुझाएका थिए । लगत्तै संगठनले उनको विदाइ गरेको थियो भने नयाँ प्रमुख गणेश अधिकारीले पद सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment