Comments Add Comment

मोदीको बायोपिकमा विवेक, यस्तो बन्यो फस्टलुक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा चलचित्र बन्ने भएको छ । चलचित्रको फस्टलुक विभिन्न २३ भाषामा रिलिज गरिएको छ । चलचित्रमा नायक विवेक ओवरायले मोदीको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रको फस्टलुक हेर्दा दर्शकलाई विवेक ओवराय नै हुन् भनेर चिन्न मुश्किल पर्छ ।

सार्वजनिक पोष्टरमा लेखिएको छ–‘देशभक्ति नै मेरो शक्ति हो ।’ यो चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा देखाइनेछ ।

सुरुमा यो चलचित्रका लागि बलिउड कलाकार परेश रावललाई अफर गरिएको थियो । यो चलचित्रलाई ओमंग कुमारले निर्देशन गरिरहेका छन् । भारतमा निर्वाचन नजिकिदै जाँदा मोदीको बायोपिकमा चलचित्र बन्न लाग्नुलाई प्रचारको नयाँ तरिका मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment