Comments Add Comment

सन् २०१८ मा १२ लाख पर्यटक नेपाल आए

२४ पुस, काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २५ प्रतिशतले वृद्धि भएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०१८ को अन्तिमसम्म ११ लाख ७३ हजार ७२ पर्यटकले ७२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अघिल्लो वर्षको तुलनामा २४ दशमलव ७७ प्रतिशत बढी हो ।

२०१८ मा हवाईमार्गबाट जम्मा ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ अन्तराष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डको तथ्यांक अनुसार बढोत्तरीका हिसाबले चीनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य बढेको छ ।

नेपाल भित्रिने पर्यटक स्रोत बजारमा चीनलाई दोस्रो मानिन्छ । २०१८ मा १ लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन २०१७ भन्दा ४६ दशमलब ८ प्रतिशतले बढी हो ।

यस्तै हवाईमार्ग भएर नेपाल आउने भारतीय पर्यटकहरुको संख्यामा गत वर्षकोे तुलनामा २५ दशमलव १ प्रतिशतले वृद्घि भएको छ । २०१८ मा कुल २ लाख ४ सय ८३ भारतीय पर्यटक हवाईमार्ग हुँदै नेपाल प्रवेश गरेका बोर्डले जनाएको छ ।

श्रीलंकाबाट आउने पर्यटकको संख्यामा २०१७ को तुलनामा ५५ दशमलब ७ प्रतिशत वृद्घि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले वृद्धि भई कुल आगमन संख्या ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।

सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बृद्घि भई ९१ हजार ७ सय ८५ पुगेको छ ।

त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या १५ प्रतिशत १ प्रतिशतले वढेर ३८ हजार ४ सय ८ पुगेको छ । २०१८ मा युरोपेली पर्यटकको आगमनमा पनि उल्लेख्य वृद्घि देखिएको छ । २०१७ भन्दा २०१८ संयुक्त अधिराज्यबाट आउने पर्यटक १५ दशमलब ६ प्रतिशतले बढेका छन् ।

२०१८ मा संयुक्त अधिराज्यबाट ६३ हजार ८६ जना पर्यटक नेपाल भ्रमणमा हुन् । जर्मनीबाट ३६ हजार ८ सय ३३ पर्यटक नेपाल भ्रमणमा आएका छन् जुन २०१७ भन्दा २३ दशमलब १ प्रतिशतले वृद्धि हो ।

यस्तै फ्रान्सबाट ३१ हजार ६ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०१७ भन्दा २१ दशमलब १ प्रतिशत वृद्धि भएको हो ।

थाइल्याण्डबाट आउने पर्यटक २०१८ मा ३६ प्रतिशत, दक्षिण कोरियाबाट ८ दशमलब ३ र जापानबाट ८ दशमलव ९ प्रतिशतले बढेको छन् ।

सबैको साझा प्रयासले विगत तीन वर्ष यता पर्यटन आगमनमा लगातारको वृद्घिले सम्पूर्ण पर्यटन सरोकारवालाहरुमा उत्साह र आत्मविश्वास छरेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । ‘सरकारी निकायहरु, निजी पर्यटन व्यवसायी र सञ्चारमाध्यमहरु बीचको सहकार्यलाई नै नेपालको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने मुल मन्त्रको रुपमा लिन सकिन्छ’ उनले भने ।

सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतीपूर्ण छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पु¥याउने अपेक्षा सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment