Comments Add Comment

दीपिकाका लागि चुनौती बन्दै आलिया

नायिका आलिया भट्ट अबको समयमा अहिलेकी नम्बर १ नायिका दीपिका पादुकोणको लागि चुनौती बनिरहेकी छिन् । सन् २०१८ मा दीपिका पादुकोणको ‘पद्मावत’ र आलिया भट्टको ’राजी’ प्रदर्शनमा आयो । ‘पद्मावत’बाट दीपिकाले राम्रै प्रशंसा पाइन् । उता, ‘राजी’बाट आलियाको चर्चा निकै माथि पुग्यो । दीपिका भन्दा आलियाको लोकप्रियता बढी देखियो ।

बलिउडमा नायिका दीपिका पादुकोणको प्रिय निर्देशक बनेका संजयलीला भंसालीको आगामी चलचित्रमा नायिका अलिया भट्टले काम गर्न लागेको खबर चर्चामा छ । संजयले लगातार तीन सफल चलचित्रमा दीपिकासँग काम गरेका थिए । दीपिकालाई लिएर भंसालीले ‘रामलीला’, ‘बाजीराओ मस्तानी’ र ‘पद्मावत’ जस्ता चलचित्र बनाएका थिए ।

तर अहिले भंसाली आफ्नो नयाँ प्रोजेक्टमा आलियालाई लिने तयारीमा छन् । भंसाली र आलियाले काम गर्ने पक्का भएको त छैन । तर, भंसाली आलियालाई लिएर गम्भिर रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भंसाली दीपिका आफ्नो सदबाहर मन पर्ने नायिका भएको बताउँछन् । भंसालीले दीपिकासँग तीन हिट चलचित्रमा काम गरेपछि अब भने केही परिवर्तन गर्ने सोचमा पुगेका छन् ।

दीपिकाले बिहे गरेर नयाँ जीवन सुरु गरिसकेको अवस्थामा अब उनलाई नयाँ पुस्ताका नायिकाले रिप्लेस गर्न लागेको टिप्पणी गर्न थालिएको छ । दीपिकाको यो बर्ष कुनै पनि चलचित्र रिलिज हुने संकेत देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment