Comments Add Comment

कांग्रेससँग राष्ट्रिय मुद्दामा मिलिजुली काम गर्ने सहमति भयो : प्रचण्ड

२४ पुस, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर काम गर्न प्रमुख विपक्षी सहमत भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय मुद्दामा मिलिजुली काम गर्ने सहमति भएको उनले बताए । चितवनको पुनर्निर्माणबारे मंगलबार भएको छलफलमा प्रचण्डले भने, ‘हिजो देउवासहित वरिष्ठ नेताहरुसँग छलफल भयो, राष्ट्रिय मुद्धामा सहमति गरेर जाने कुरा भएको छ ।’

उनले जिल्लामा पुनर्निर्माणको कामलाई तीव्रता दिइने बताए । ‘भूकम्पले क्षति गरेका १४ जिल्लालाई पहिला प्राथमिकतामा राखेर पुर्ननिर्माण गरियो त्यसले गति पनि लिएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘अब १७ औं जिल्लामा रहेको चितवनको पुर्ननिर्माणले पनि गति लिन्छ । प्राविधिक समस्याहरु सल्टाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment