Comments Add Comment

अफिम कारोबारीलाई १६ बर्ष कैद

२४ पुस, हेटौंडा । अफिम कारोबारी भएको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले मनहरी गाउपालिका ७ का गणेश तामाङ लामालाई १६ वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलासले २९ वर्षीय लामालाई ६ लाख ५० हजार रुपियाँ जरिवाना समेत गर्ने आदेश गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीले अफिम सहित लामालाई बिक्रम संवद २०७४ चैत १३ गते एक केजी २० ग्राम अफिमसहित घरबाट पक्राउ गरेको हो । घर अगाडि राखिएको मोटरसाइकलमा जुटको बोरामा अफिम प्याक गरेर राखेको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment