Comments Add Comment

न्यू डायमण्ड कप भलिबललाई होङ वान्जीको साथ

२४ पुस, काठमाडौं । न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले मुख्य प्रायोजन गरेको छ ।

सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वाङ्दी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलबार सम्झौता पत्र हस्ताक्षर गरे ।

सम्झौताअुनसार मुख्य प्रायोजक रहेको समाजले आयोजकलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने छ । अब प्रतियोगिताको नाम ‘होङ वान्जी न्यु डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल’ रहनेछ ।

प्रतियोगिता संयोजक कुमार राईले पुस २५ देखि २८ सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

नैकापस्थित न्युडायमण्ड एकेडेमीमा लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाइगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् । त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जाउलाखेल रहेका छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउने छन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment