Comments Add Comment

आयोजक सुदूरपश्चिम उद्घाटन खेलबाटै बाहिरियो

२४ पुस, धनगढी । मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारलाई सर्डन डेथमा ७–६ ले पराजित गर्दै काँकडभिट्टा क्वाटरफाइनलमा पुग्न सफल भएको हो । निर्धारित समयसम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

धनगढी रंगशालामा भएको खेलमा आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्ने अवसर खेर हाल्दा हार ब्यहोरेको हो ।

सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो । त्यसअघि माधव भण्डारीको प्रहारलाई काँकडभिट्टाका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । दीपले त्यसअघि सुदूरपश्चिमका राकेश हमालको प्रहार पनि बचाएका थिए ।

सुदूरपश्चिमका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारुले गोल गरे । काँकडभिट्टाका लागि भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन ।

विजेता टोली काँकडभिट्टाले अब क्वाटरफाइनलमा पुस २८ गते एपीएफसँग प्रतिस्पर्धाए गर्ने छ । प्रतियोगिताअन्तर्गत बुधबार भने नेपाल पुलिस क्लबले मोरङ एघारसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment