Comments Add Comment

कुमारी बैंकद्वारा पश्चिम रुकुमका ३ स्थानमा शाखारहित सेवा विस्तार

२४ पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सञ्चालनमा ल्याएको छ ।

बैंकले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९सिम्लीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सुचारू गरेको जनाएको छ ।

सोलाबाङ्गस्थित बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ्ग सेवाको एक समारोहका बीच उद्घाटन गरे ।

आफ्ना ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुुक्त ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, रेमिट्यान्स, सि–आस्वा लगायतका विविध सेवाहरु दिँदै आईरहेको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment