Comments Add Comment

ग्लोबल आइएमईको राजश्व संकलन काउण्टर कावासोतीमा

२४ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि नवलपरासी स्थित करदाता सेवा कार्यालय, कावासोतीमा राजस्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त राजस्व संकलन काउण्टरको उद्घाटन एक समारोहका बीच आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख सुरज कुमार विश्वकर्माले गरे ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउण्टर संचालन गरेको बैंकले जनाएको छ ।

यस अघि गत शुक्रबार बैंकले ११६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको थियो । बैंकले पाल्पा जिल्लाको तानसेन नगरपालिका – १३, बौघा गुम्हामा ११६ औँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment