Comments Add Comment

चेल्सीमाथि टोटनह्यामको संघर्षपूर्ण जित, केनको निर्णायक गोल

२५ पुस, काठमाडौं । टोटनह्यामले काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सीलाई पराजित गरेको छ ।

टोटनह्यामले मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई १–० गोलको कठिन जित निकालेको हो । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।

खेलको २६औं मिनेटमा नै पेनाल्टीबाट टोटनह्यामले अग्रता बनाएको थियो । पेनाल्टी प्रहार गरेका केनले सजिलै बललाई जाली चुमाउँदै टोटनह्यामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै टोटनह्यामले खेल जितेको हो ।

दोस्रो हाफमा पनि टोटनह्यामले गोल गर्ने केही अवसर खेर फालेको थियो । यता, चेल्सीले भने पहिलो र दोस्रो हाफमा पाएको सदुपयोगलाई गोल गर्न नसक्दा हार ब्यहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment